काठमाडौँ— साताको पहिलो दिन आज सेयर बजार २६६७ अंकमा झर्यो, कारोबार रकम पनि घट्यो सेयर बजार २६६७ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १३.०३ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब २५ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ७२ करोडको भयो ।
५५ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने ८ को स्थिर रह्यो । दुई समूह लगानी र उत्पादनबाहेक सबै घटे । लगानी ०.०८ तथा उत्पादन समूह ०.६८ प्रतिशत बढे ।
बैंकिङ ०.५४, विकास बैंक १.६३, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.४९, हाइड्रोपावर ०.४१ प्रतिशत घटे । जीवन बीमा ०.५५, माइक्रोफाइनान्स ०.९४, निर्जीवन बीमा समूह ०.१७, अन्य ०.७१ र व्यापार समूह ०.०७ प्रतिशत घटे ।
थ्रीस्टार हाइड्रोपावरको ९.९१ प्रतिशत मूल्य बढ्यो । ङादी ग्रुपको ९.५८, जानाकी फाइनान्सको ८.०७, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.६१, सामुदायिक लघुवित्तको ६.६, बेस्ट फाइनान्सको ६.१० तथा सान्जेन जलविद्युतको ३.८६ प्रतिशत मूल्य बढ्यो ।
माहुली लघुवित्तको ६.३, नारायणी डेभलपमेन्ट बैंकको ५.८, नेपाल फाइनान्सको ५.३४ र उन्नति सहकार्य लघुवित्तको ५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, बेस्ट फाइनान्स र रसुवागढी हाइड्रोपावर क्रमशः अगाडि रहे ।
प्रतिक्रिया