Breaking

एमाले बद्नाम गर्न उद्दत बालेन,एमालेका शिर्ष नेता किन भिड्छन् (भिडियो)


काठमाडौं । आफै सत्तामा हुँदा आफै सडकमा समेत पुगेर नाटक देखाएको एमालेले जागरण सभा सकेपछि काठमाडौँ महानगरवपालिका बाट झट्का पायो । अपेक्षित उपस्थिती नै नरहँदा यसैपनि रिङ्गिएको एमालेलाई महानगरले एक लाखको चिट थमाएर भाउन्न नै छुटाईदियो ।

महानगरले शुक्रबार दरबारमार्गमा फोहोर गरेको भन्दै सत्तारुढ दल एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीनै सहभागी सो कार्यक्रमले दरबारमार्गमा कार्यक्रम गर्दा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेको महानगरको ठहर छ । त्यसपछि हतारिएर फेसबुक लाईभ गर्दै एमाले नेताकार्यकर्ताले कार्यक्रम स्थल सफा गरेकाथिए । तर उनीहरुले यसलाई प्रमुखबालेन्द्र शाहले एमालेमाथि गरेको प्रहारका रुपमाव्याख्या गरेका छन् ।

उनीहरुको दाबीअनुसार एमालेको सभानसकिदै महानगरको कार्यालय बन्द भैसकेको थियो । तर वालेन्द्रले एमालेलाई बदनाम गराउन सकिन्छ किभनेर पहिल्यै पत्र काट्न लगाएभने सभा सकिएलगत्तै एमाले कार्यकर्ताले वरपरको फोहर उठाउन थालिसकेका थिए। जसमा थप गदै महासचिव शंकर पोखरेलले त यो सरसफाई भन्दा स्टण्ड नै भएको उल्लेख गरेका छन् । संकलनगरिएको भएको फोहर उठाउनका लागिमहानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको भएपनिउल्टै जरिवाना गरेर वालेनले पारा देखाएको उनकोआरोप छ ।

(बाँकि भिडियोसहित)