Breaking

रवि बद्मासीको चुरो खोतल्दै प्रहरी, क्रिप्टो र हुण्डीको उल्झन(भिडियो)


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विगत ३५ दिनदेखि प्रहरी हिरासतमा छन् । तर, अझै पनि उनी हिरासतबाट मुक्त हुने कुनै सङ्केत देखिएको छैन । बरु जतिजति दिन बित्दै छ , त्यति नै पूर्वगृहमन्त्री लामिछानेको समस्याहरू पनि बढ्दै गएको छ ।

उनी एकपछि अर्काे अफ्ठ्यारोमा चेपिँदै गएका छन् । हिरासतबाट नै मुक्त हुनका लागि बन्दी प्रत्यक्षीकरण जाने तयारीमा रहेका रविमाथि एक पछि अर्काे सहकारीको रकम हिनामिनामा पक्राउ पुर्जी जारी हुन थालेपछि त्यो बाटोसमेत बन्द भएको छ ।

सहकारी ठगीमा जोडिएका कुमार रम्तेल र छविलाल जोशीलाई काठमाडौंमा बयान सकेर पोखरा लगिएको छ भने, पोखरामा बयान दिएर तीन दिन बुटवलमा बयान सकाएर पुनः पोखरा नै फर्किएका रविलाई पनि काठमाडौं ल्याउने तयारी छ । कतै केही उपाय नलागेपछि राजनीतिक सेटिङमार्फत प्रधानमन्त्रीसँग भेट्न खोजेको रास्वपाले त्यहाँ पनि सफल हुन सकेन । बरु काम नपाएर भौतारिरहेका रविलाई काम दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट सार्वजनिक मञ्चै खिस्सी ट्युरीको सिकार हुनु प¥यो । भेट्न खोज्दा उल्टै ब्याक फायर भएका रविमाथि भेट्न समय नदिएको रास्वपाको गुनासो छ ।

अदालत परिसरबाट नै जनतालाई आन्दोलनका लागि आह्वान गरेका रवि जनदबाव बढाउन चाहन्थे । तर जसलाई आन्दोलन गर्ने जिम्मा दिएका थिए त्यही पार्टी नेतृत्वले नै आन्दोलन गर्न नसकेर अर्काे अफ्ठ्यारोमा परेका छन् ।

नागरिकको जनसमर्थन बनाएर आन्दोलन मार्फत् सरकार र अदालतलाई समेत दबाव दिने उनको उद्देश्य पहिलो चरणसम्म पुग्दा पार्टी नेतृत्वले पार लगाउन सकेको छैन । बरु उल्टै रवि छुटाउन पुरै पार्टी नै सती गएको आरोप पार्टी पंक्तिले खेप्नु परेको छ । अझ नेपाल बसेर अमेरिकामा गैरकानुनी रूपमा रकम आदान–प्रदान (हुन्डी) को काम गरेको विषयमा रविमाथि अनुसन्धान केन्द्रीत हुने भएपछि रवि झस्किएका छन् ।

सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण हुँदै हुण्डी कारोबारमा पनि अनुसन्धान हुन लागेका लामिछानेलाई सरकारले प्रतिशोध साँधेको पार्टीपंक्तिले आरोप लगाइरहँदा रवि आफ्नै कर्मको फल भोगिरहेको सत्ता पक्षको जवाफ छ ।

(बाँकि भिडियोसहित)