खेलकुद

इंग्लिस प्रिमियर लिगः टोटनह्यामसँग म्यानचेस्टर सिटी ४–० गोलले पराजित


जेम्स म्याडिसनको दुई गोलको मद्दतमा टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

घरेलु मैदान भएको पछिल्लो खेलमा म्यानचेस्टर सिटीले पाहुना टोली टोटनह्यामसँग ४–० गोलको हार व्यहोरोको हो ।सिटीको यो लगातार पाँचौँ हार हो ।

सन् २००६ यता सिटी लगातार पाँच खेलमा पराजित रहेको यो नै पहिलो पटक हो । खेलको पहिलो हाफमै म्याडिसनले दुई गोल गरेपछि पेड्रो पेरोले टोटनह्यामका लागि तेस्रो गोल थपे । त्यसपछि ब्रेनन जोन्सनले इन्ज्युरी समयमा चौंथो गोल गरेका थिए ।यो नतिजासँगै घरेलु मैदानमा सिटीको ५२ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।

यो नतिजाका बाबजुद सिटी १२ खेलबाट २३ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा छ ।टोटनह्याम समान १२ खेलबाट १९ अंकका साथ तालिकाको छैटौं स्थानमा उक्लिएको छ । चेल्सी, आर्सनल र ब्राइटन समान २२ अंकका साथ शीर्ष पाँच भित्र छन् ।