Breaking

राष्ट्रिय गौरवका आयोजनाको अवस्थाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिदैं


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाको अवस्थाबारे चासो राखेका छन् ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे राष्ट्रिय गौरवका आयोजनाको अवस्थाका सम्बन्धमा ब्रिफिङ कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक छैन । धेरैजसो आयोजनाहरु समस्यामा रहेका छन् । अन्तरसरकारी समन्वय नहुँदा आयोजनाहरु तोकिएको समयमा सम्पन्न हुन सकेका छैनन् ।राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्यका हिसाबले सरकारको १५औं आवधिक योजना ८२ प्रतिशत असफल भएको छ ।

समस्या समाधानमा राज्य गम्भीर नदेखिँदा आयोजनाको म्याद थप गर्दै लम्ब्याउने काममात्र भइरहेको छ । जसका कारण आयोजनाका संरचना जीर्ण बन्दै गउका छन् भने लागत पनि उच्च दरमा बढिरहेको छ ।