काठमाडौं । विकसित राष्ट्रले विकासशील राष्ट्रलाई वार्षिक ३ सय बिलियन सहयोग रकम दिने सहमति भएको छ ।
अजरबैजानको बाकु सहरमा भएको कोप–२९ सम्मेलनमा धनी राष्ट्रहरूले जलवायु परिवर्तनसँग जुध्न गरिब देशहरूलाई सहयोग गर्न उक्त कोष स्थापना गर्ने सहमति गरेका हुन् ।
कोप–२९ सम्मेलनमा भएको यो सहमतिले गरिब देशहरूलाई जलवायु परिवर्तनको प्रभावहरूसँग जुध्न मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।यसअघि विकसित देशहरूले सन् २०२० सम्ममा वार्षिक एक अर्ब डलर जलवायु कोष उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । यद्यपि उक्त कोषको रकम उचित परिचालन नभएको भन्दै आलोचना हुँदै आएको छ ।
बाकु सम्मेलनमा कार्बन क्रेडिट खरिद–बिक्री गर्ने विश्वव्यापी बजारका नियमहरूमा पनि सहमति भएको छ ।
प्रतिक्रिया