काठमाडौं । सैत्तिस दिनदेखि प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चौथो पटक कास्की जिल्ला अदालतमा उपस्थित गराइदैँ छ ।
गत कात्तिक २५ गते तेस्रो पटक सभापति लामिछानेको १३ दिन म्याद थपिएको थियो । उक्त म्याद शुक्रबार नै सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आइतबार मात्रै म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो ।
सभापति लामिछानेविरुद्धको अनुसन्धान नसकिएकाले फेरि म्याद थप गर्ने तयारीमा कास्की प्रहरी रहेको छ । सहकारी ठगी प्रकरणमा प्रहरीले कात्तिक २ गते लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी कास्की पु¥याएको थियो ।
लामिछानेविरुद्ध रुपन्देहीसहित काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
प्रतिक्रिया