काठमाडौँ – दनेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं मानगरका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् ।
हिजो दरबारमार्गको जागरण सभाका क्रममा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई १ लाख जरिवाना गरेको सम्बन्धमा पोखरेलले आक्रोश पोखेका हुन् ।
कार्यक्रम सकिएपछि स्वयंसेवकहरूले संकलन गरेको फोहोर उठाउन गाडी पठाइदिन अनुरोध गरिएकोमा सहयोग गर्नुको सट्टा जरिवानाको प्रचार गरेर बालेनले स्टन्टवाजी गरेको उनको जिकिर छ ।
प्रतिक्रिया