सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा ग¥यो । केन्द्रीय नेताहरुको बाक्लो उपस्थिति, जनवर्गीय संगठनदेखि गाउँ–गाउँबाट नेता कार्यकर्ता काठमाडौंको दरबारमार्गमा उतार्दै एमालेले आफ्नो सांगठनिक शक्ति प्रर्दशन गरेको हो ।
स्वयम् सत्ताको नेतृत्व गरिरहेको सत्तारुढ दल नेकपा एमालेले शुक्रबार सडक छेकेर सुरक्षा घेराभित्र जागरणसभा अर्थात शक्ति प्रर्दशन ग¥यो । केन्द्रीय नेताहरुको बाक्लो उपस्थिति, जनवर्गीय संगठनदेखि गाउँ–गाउँबाट नेता कार्यकर्ता काठमाडौंको दरबारमार्ग क्षेत्रमा उतार्दै एमाले आफ्नो सांगठनिक शक्ति प्रर्दशन गरेको हो ।
भद्रकालीमा भेला भएर सुरु गरिएको जुलुस भद्रकाली, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क हुँदै दरबारमार्गको सडकमा पुगेर सभामा परिणत भएको थियो । एक लाख नेता कार्यकर्ता सडकमा उतार्ने, एमालेको लाल झण्डा गाड्ने हुँकार गर्दै सहचारीदेखि विपक्षी तर्साउने लक्ष्य लिएको एमालेले जागरणसभामा दरबारमार्गको सडकसमेत भर्न सकेन ।
युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबैजसो जनसङ्गठनलाई प्रदर्शनमा अनिवार्य उपस्थितिका लागि निर्देशन नै दिइए पनि एक लाखको धक्कु लगाएको एमालेले सबै शक्ति खर्चिंदा पनि करिब १० हजारको हाराहारीमा मात्रै कार्यकर्ता उर्तान सक्यो ।
सत्तामा हुँदा होस् या सत्ता बाहिर सडकमा शक्ति प्रर्दशन गर्नु नेकपा एमालेका लागि नौलो विषय होइन । विगतमा पनि पटक पटक पार्टी सत्तामा रहँदा एमालेले सडक प्रर्दशन गरेको थियो । यद्यपि विगतभन्दा यो पटक सत्तारुढ दल एमालेको शक्ति प्रर्दशन केही फरक देखियो ।
गत असोज ३ गते संविधान दिवसको अवसरमा दरबारमार्गमै आयोजित नेसनल डे कन्सर्टमा सर्वसारणबाट लखेटिएका प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार त्यो घटनाको पुनरावृत्ति नहुने र त्यसको जवाफसमेत दिने मनसायसहित दलबलसहित दरबारमार्गमा जागरणसभा सम्पन्न गर्न सफल भए ।
यस्तै पारिलो घाम ताप्न मौसम अनुकूल आफूलाई सहयोग गर्न आएका नेता–कार्यकर्ताका लागि सहज र सफा थलो रोज्नै प¥यो । पारिलो घाममा बदामको स्वाद लिँदै दरबारमार्ग क्षेत्रमा भेला भएका नेता कार्यकर्तालाई भने सडकमा पलेँटी कसेर बस्न उति सहज नभएको देखियो । दरबारमार्गमा उतारिएका एमालेजन अटाउने थुप्रै सार्वजनिक स्थल काठमाडौंमा थिए ।
जसले गर्दा दरबारमार्ग क्षेत्रको सडक अवरुद्ध हुँदा दिनभर नै त्यस आसपासका क्षेत्रको यातायात अस्तव्यस्त बन्यो भने सर्वसाधरणले व्यर्थै सास्ती बेहोर्नु प¥यो । सभाको उद्देश्य केबल एमालेको शक्ति देखाउने र समाजमा निराशा पैदा गर्नेहरूले फैलाएका भ्रम चिर्ने थियो ।
एमालेका नेता कार्यकर्ताहरु पार्टीले बोलाएपछि बाध्य भएरै सभामा पुगे । संगठनको तागत देखाउन तथा सरकार र व्यवस्था विरोधीहरुको बोली बन्द गर्न एमाले नेता कार्यकर्ता सडकमा उत्रिएको बुझन कठिन छैन ।
दुई तिहाइ बहुमतको शक्तिशाली सरकारको नेतृत्वमा रहेर पनि दिन प्रतिदिन अलोकप्रिय र आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले दरबारमार्गमा कार्यकर्ता भेला गरेर विरोधीहरुविरुद्ध जवाफ फर्काउन र टिप्पणी गर्न भ्याए । सत्तारुढ घटक एवं ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवाको अगाडि निरीह प्राय रहेर निर्णायक भूमिका खेल्दै काम देखाउन नसकेका ओलीले सडकमा भने कार्यकर्तामाझ धक फुकाएर बोले । सत्तारुढ कांग्रेसलाई थप विश्वासमा लिने रणनीतिका साथ उनले ०८४ को चुनावसम्मै अहिलेको समीकरण रहने ठोकुवा गरे भने एमालेलाई कसैले हल्लाउन नसक्ने दाबी पनि गरे ।
प्रतिक्रिया