Breaking

स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण उल्झनमा, क्यानमाथि बोर्डले एक्सन लिने


काठमाडौँ नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारणका लागि भारतीय टिभी च्यानल स्टार स्पोर्ट्ससँग गरेको सम्झौतालाई लिएर गम्भीर विवादको सिर्जना भएको छ ।

क्लीन फिड सम्बन्धी कानून उल्लंघन गर्दै स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण गराउन लागिएकोमा सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।

क्यानले गत शुक्रवार पत्रकार सम्मेलन गर्दै स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको जानकारी दिएको थियो । त्यस लगत्तै सञ्चार र विज्ञापन क्षेत्रका तीन संस्थाहरूले साझा प्रेस विज्ञप्ति जारी गरेर उक्त सम्झौताप्रति आपत्ति जनाएका छन् । सम्झौता अवैधानिक रहेको उनीहरूको ठहर छ । साथै, विज्ञापन क्षेत्रको नियमनकारी निकाय विज्ञापन बोर्डले पनि यसप्रति ध्यानाकर्षण व्यक्त गरेको छ ।

क्यानले स्टार स्पोर्ट्ससँग भएको सम्झौता पारदर्शीरुपमा सार्वजनिक गरेको छैन । क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सलाई पैसा तिरेर प्रशारण अधिकार दिइएको स्वीकारोक्ति गरे पनि कति रकम भन्ने खुलाएका छैनन् । सम्झौताका सर्तहरू पनि गोप्य राखिएको छ ।