Breaking

अदालत परिसरमा विष सेवनपछि रश्मिला धामी पक्राउ


एमालेका युवा नेता ऐन महरको जाहेरीमा बझाङ घर भएकी युवती रश्मिला धामी पक्राउ परेकी छन् । अदालत परिसरमा उनले विष सेवन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीमाथि आपराधिक लाभ कसूरको आरोप छ ।

महरले आफूमाथि ‘हनी ट्रयाप’ मा पारेको भन्दै काठमाडौं प्रहरीमा दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो ।

बुधबार पाटनस्थित उच्च अदालत परिसरबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग उनी आमुने(सामुने भएकी थिइन् । प्रहरी देख्नासाथ आत्तिएर विषादीजन्य वस्तु सेवन गरेको प्रहरी स्रोतले बतायो । उनलाई उपचारका निम्ति पुल्चोकस्थित अल्का अस्पताल लगिएको थियो ।