आफ्नै निवासबाट व्यवसायी दुर्गा प्रसाईं पक्राउ परे । उनले प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा लगानी भएको भन्दै सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरेका थिए । सोही आरोपछि पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान हुने भएको छ । यसैबीच उनलाई थप अनुसन्धानका लागि साइबर ब्युरो भोटाहिटी पठाइएको छ भने उनको घरबाट प्रहरीले ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ ।
यस्तै, आज पक्राउ परेका प्रसाईंको म्याद थप भोलि मात्र हुने भएको छ । केही कागजात र प्रक्रियाका कारण आज अदालत लैजान समय अपुग भएको प्रहरीले जनाएको छ ।
् प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको एक टेलिकम कम्पनीमा अर्बौं लगानी गरेको भन्दै प्रमाण सार्वजनिक गरेको २४ घण्टा नपुग्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नै निवासबाट मंगलबार बिहान पक्राउ परेका छन् । उनले सोमबार साँझ आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रधानमन्त्री ओलीकोकम्बोडियास्थित एक टेलिकम कम्पनीमा लगानी रहेको आरोपसहित प्रमाण स्वरुप एक भिडियोसार्वजनिक गरेका थिए ।
बेलाबेला विवाद र चर्चामा आइरहने प्रसाईंले सार्वजनिक गरेको उक्त भिडियोले सामाजिक सञ्जाल तातियो । सरकार र प्रधानमन्त्री विरोधीहरुले त्यसलाई मज्जैसंग भाइरल बनाए भने ओलीमाथि आलोचना र व्यंग्य गरे। एमालेका केही नेताहरुले भने अध्यक्ष ओलीमाथि नक्कली कागजात बनाई बद्नाम गर्न खोजेको भन्दै प्रतिकारमा उत्रिए ।प्रसाईंले पहिले देखिनै विभिन्न शीर्ष राजनीतिक व्यक्तिलाई भ्रष्टाचारी र तस्कर भन्दै तस्बिर सार्वजनिक गर्दैआएका थिए । उग्र र उच्छ्रिंखल अभिव्यक्ति दिँदै हिँड्ने प्रसाईंगत असोज ६ गते साइबर अपराधको आरोपमा पक्राउ परेका थिए । त्यसको ठिक दुई महिना पछि मंगलबार सोही प्रकृतिको मुद्दामा उनीपक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अनुसार प्रसाईंलाई सामाजिक सञ्जालमा भ्रमपूर्ण तथ्यहीन, दुस्प्रचार गरी प्रधानमन्त्रीविरुद्ध अफवा फैलाएको आरोपमा पक्राउ गरिएको हो ।प्रसाईंलाई सीआईबीले पक्राउ गरे पनि उनीमाथि साइबर अपराध अनुसार कारबाही अगाडि बढ्ने बताइएको छ । साथै प्रसाईंले विभिन्न गुण्डा नाइकेहरुको नाम भजाएर केही व्यापारीलाई धम्काएका प्रमाणहरु पनि प्रहरी समक्ष आएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार प्रसाईंमाथि थप अन्य विषयमा पनि अनुसन्धान हुने भएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानकासंयोजकसमेत रहेकाप्रसाईंएक समय केपी ओलीको अत्यन्तै प्रिय पात्रका रुपमा चिनिन्थे । तर अहिले प्रसाईंउनै ओलीविरुद्ध विभिन्न आरोप लगाउने र बद्नाम गर्ने गतिविधिमा सक्रिय छन् । पछिल्लो समय ओली प्रधानमन्त्री बनेपछि गत असोजमा पक्राउ परेका प्रसाईं रिहा भएपछि झनै आक्रोशित देखिन्छन् । ओलीसँग आक्रोशित प्रसाईंलेअराजक टिकाटिप्पणीका साथै तल्लो स्तरको अभिव्यक्तिसमेत दिँदै आएका थिए ।
ओलीका साथै शीर्ष नेताविरुद्ध खरो टिप्पणी गर्ने प्रसाईंले अराजक हर्कत देखाउने गरेका थिए । केही महिना अगाडि अदालत परिसरमा अत्याधुनिक हतियारसहित प्रवेश गरेकाप्रसाईंका दुई सुरक्षागार्डपक्राउ परेका थिए । २०८०मंसिर ७मा काठमाडौंमा शक्ति प्रदर्शन गर्दा प्रसाईंले धार्मिक अतिवादी समूहलाईसमेत निम्तो गरेका थिए । अभियानको निरन्तरतामा २०८० मंसिर ११ मा भएको प्रदर्शनका बेला उग्रअभिव्यक्ति दिएपछि विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका थिए । यो वर्ष पनि प्रसाईंले मंसिर ७गतेकै दिन आन्दोलन गर्ने घोषणा गरेका थिए । सोही दिन सत्तारुढ एमालेले पनि जागरण अभियान गर्ने उद्घोष गरेको थियो ।
प्रसाईंले भने आफूहरुले गत वर्षदेखि मंसिर ७ गते आन्दोलन गर्दै आएकोमा त्यही दिन जागरण अभियान राखेर एमाले भिड्न आएको टिप्पणी गरेका थिए । प्रसाईंले केही समय पहिले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कारबाही गर्ने भन्दै ‘कालोमोसो दस्ता’ पनि घोषणा गरेका थिए । यसका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ पर्दा प्रसाईं भने जोगिएका थिए । उग्र अभिव्यक्तिका कारण युट्युबर, फेसबुक र टिकटकका ‘कन्टेन्ट क्रिएटर’का लागि प्रसाईं ‘हट केक’ बन्दै आएका थिए । तर आफ्नो बोलीमा ब्रेक नलगाउँदा उनी फेरि प्रहरीको फण्दामा परेका छन् । विद्युतीय अपराध ऐन, २०६३ विपरीतका गतिविधि गरेको भन्दै उनी पक्राउ परेका हुन् ।‘सामाजिक सञ्जालमार्फत नै चरित्र हत्या गर्ने किसिमको गतिविधि गरेकाले विद्युतीय अपराध ऐनको दफा ४७ आकर्षित हुने र प्रसाईंले कीर्ते कागजात बनाएर प्रधानमन्त्रीविरुद्ध दुषप्रचार गरेको प्रमाणित भए पाँचदेखि आठ वर्षसम्म जेल जान सक्नेछन् ।
२०६२÷०६३ सालतिर सशस्त्र द्वन्द्व उत्कर्षमा रहँदा माओवादी पार्टीमा सक्रिय उनीत्यसपछि एमाले हुँदै राजतन्त्र र हिन्दु राज्य पुनःस्थापनाको अभियानमा जोडिएका थिए । राजनीतिक दल हुँदैपूर्वराजा ज्ञानेन्द्र शाहसम्मको फाइदा उठाएका उनले समयक्रमसँगै पटक पटक विभिन्न पक्षसँग सम्बन्ध जोड्ने र तोड्ने काम गरेका छन् । तिनै दल र नेताहरुको ढाडमा टेकेर अहिलेको विरासत बनाएका प्रसाईंले आफ्नो पहँुच दुबईसम्म रहेको दाबी गर्दै आएका छन् ।
त्यही बेला बनेको सम्बन्धलाई प्रयोग गरेर एकपटक उनले भक्तपुरस्थित आफ्नो घरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेटवार्ता गराएका थिए । सोही भेटवार्ताका क्रममा प्रसाईंले मार्सी चामलको खाना खुवाएपछि मार्सी चामलले व्यापक चर्चा कमाएको थियो । २०७७साल फागुन १६ मा ओलीलाई नै प्रमुख अतिथि बनाएर उनले पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गराएका थिए । त्यसबेला ओलीले ‘बीएण्डसीले चाँडै मेडिकल कलेजको सम्बन्धन पाउने’ घोषणा समेत गरेका थिए । उनै ओलीविरुद्ध खेदो खनेका प्रसाईं अन्ततः फेरि हिरासतको हावा खान पुगेका हुन् ।
प्रतिक्रिया