कांग्रेस, एमालेको सत्तारुढ गठबन्धन मन्त्री फेरबदलको रणनीतिमा लागेको छ । सरकारले गति लिन नसकेको भन्दै दुबैपार्टीभित्रै प्रश्न उठ्दा केही मन्त्रीहरु बिदाई हुने बाटोमा छन् । जुन लिस्टमा गृहमन्त्रीदेखि अर्थमन्त्रीकै चर्चा सुरु हुदाँ कस्तो छ त हेरफेरको तयारी ?
दुई ठूला दल मिल्दासमेत सरकारले रफ्तार समात्न नसकेको प्रश्न उठ्दा सत्तारुढ गठबन्धन मन्त्री हेरफेरमा लागेको छ । पछिल्लो समय केही मन्त्रीको काम चित्त बुझ्दो नरहेको भन्दै हटाउनुपर्ने भन्दै कांग्रेस एमालेभित्रै आवाज उठिरहेकोछ । फलतःसरकारमा रहेका केही मन्त्रीलाई बिदा गरेर नयाँलाई अवसर दिने तयारीमादुबै दल लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाको भेटघाट बाक्लिएको छ । जहाँ देउवा र प्रधानमन्त्री ओलीले कम्तीमा ३÷३ जना मन्त्री फेर्ने गरि तयारी थालेको चर्चा छ । फेरिन सक्ने मन्त्रीबारे दुवै नेताले प्रतिक्रिया नदिएको अवस्थामा गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म यो लिस्टमा रहेको चर्चा छ ।
दशैंअघिको विपदमा चुकेको अवस्थाबाटै आलोचनामा रहेका गृहमन्त्री रमेश लेखक ओली देउवाले चाहे जसरी प्रस्तुत भइरहेका छैनन् । रवि लामिछानेकै सन्दर्भमा समेत प्रमाण खोज्ने भन्दै लेखकले गरेको ढिलाइले दुवै नेताले चाहेभन्दा पछि मात्र लामिछाने पक्राउ परेका थिए । त्यस्तै हिरासत भित्रै रविले राखेको बैठक होस या अदालतको बार्दलीबाट दिएको अभिव्यक्तिले होस्, गृहमन्त्रीको काममाथि प्रश्न उठ्दै आएको थियो ।
अझ महत्वपूर्ण विषय त दुर्गा प्रसाईंले ओलीमाथि बारम्बार दिँदै आएको अभिव्यक्तिको हमलाको विषय हो । यही कारण मन्त्री फेरबदलको चर्चा हुनासाथकाम देखाउन लेखकलेप्रसाईंलाई पक्राउ गराएको विश्लेषण नै सुरु भएको छ । यता मन्त्री हेरफेर हुने लिस्टमा परेकै कारण ओली र देउवाबीच सोमबार साँझ भएको भेटवार्ता अघि लेखक देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । यही कारणओलीसँग देउवाको भेट कम्तीमा एक घण्टा पछाडि धकेलिँदागठबन्धनका नेताहरु यो स्वभाविक प्रक्रिया भएको बताउँदै आएका छन् ।
चर्चा अनुसार अर्थमन्त्रीपनि गठबन्धनको निशानामा छन् । उपप्रधानसहित अर्थमन्त्री रहेका विष्णु पौडेलमाथि सेयर बजारको मौसमी उछाल देखाएरै रमाएको आक्षेप छ । अर्थात दुईतिहाइ बहुमतनजिकको सरकारले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गरेर आशा जगाउन नसक्दा चर्को आलोचना उनले खेपिरहेका छन् । यसरी हेर्दा शक्तिशाली मन्त्रीहरु नै हेरफेर हुने सम्भावना बढ्दा उर्जामन्त्री अर्को निशानाका व्यक्ति हुन् । कुलमानको विषयमा असफल बनेका उर्जामन्त्री दीपक खड्कामाथि सरुवामा चलखेल गरेको आरोप छ ।
त्यसबाहेक बोलीकै कारण विवादमा परिसकेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङप्रति पनि ओली सन्तुष्ट देखिएका छैनन् । प्रवक्ता भएर सरकारले गरेका कामको प्रचार गर्न नसकेको भन्दै उनीमाथि ओली असन्तुष्ट देखिँदा गृहमा भने गगन थापालाई ल्याउने ओलीको चाहना छ । गत असार ३० गते चौथो पटक प्रधानमन्त्री बन्दै गर्दा नै ओलीको यो चाहना रहँदा पोर्टपोलियो नमिल्दा गगन मन्त्री भएका थिएनन् ।
यसको अर्थ कांग्रेसतर्फका उपप्रधानमन्त्रीसमेत निशानामा हुनसक्ने विश्लेषण गर्न सकिन्छ । त्यस्तै भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तादेखि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमाथि एमालेबाटै प्रश्न उठिरहेको छ ।
मुख्य मन्त्रालयलाई मात्रै हेर्ने हो भने गुटका दृष्टिबाट हेर्दा पौडेल र गुरुङ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नजिकका व्यक्ति हुन् । यसले मन्त्रीको हेरफेरमा एमालेको आन्तरिक राजनीतिसमेत मिसिँदा कांग्रेसको गुटको राजनीतिले समेत भूमिका खेलेको छ । जहाँगगनले डा.शेखर कोइरालासँग बढाएको दूरीसम्मले मन्त्रीको नयाँ अनुहार तय गर्ने पक्का हुँदा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले भने मंगलबार बिहान देउवासँग भएको भेटमा कुनै कुराकानी नभएको बताएका छन् । यद्यपि यसलाई एमालेकै मन्त्रीको कार्यसम्पादन कमजोर भएको देउवाको बुझाइको उपज मान्न सकिने ठाँउ रहँदा उनले नचाहेसम्म भने ओलीकै मात्र जोडबलले केही नहुने भने पक्का छ ।
प्रतिक्रिया