Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

नेप्से ५१ अंकले घट्यो, १० अर्ब ४६ करोडको कारोबार


काठमाडौँ— धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५१.११ अंकले घटेको छ । नेप्से १.८५ प्रतिशतले घटेर २७०२.६५ को विन्दुमा पुगेको हो ।

आज दुई करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर १० अर्ब ४६ करोड ६८ लाख रुपैयाँमा किनबेच भएको छ । यसदिन २२४ कम्पनीको सेयर मूल्य घटेको छ । २० कम्पनीको सेयर मूल्य बढ्दा एकको सेयर मूल्य स्थिर छ ।

आज सबैभन्दा धेरै कमाउनेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ङादी ग्रुप पावरको सेयर मूल्य ८.९३ प्रतिशतले घटेको छ ।

कारोबारमा रहेका १३ वटै उपसमूहको समूहगत परिसूचक घटेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको सूचक ३.१७ प्रतिशतले घटेको छ ।