Breaking

नशामुक्ति अभियानका लागि पदयात्रा हुँदै


काठमाडौं – देशलाई नशामुक्त गर्न भगवती मानव कल्याण सङ्गठनले आगामी मंसिर ७ गते नशामुक्ति जनजागरण पदयात्रा गर्ने भएको छ ।
नशामुक्ति अभियानका अन्तरराष्ट्रिय अभियन्ता सिद्धाश्रम-रत्न अजय अवस्थी र नेपाल सरकारका जनप्रतिनिधिका साथमा सयौँको सहभागितामा करिब १० किलोमिटरको पदयात्रा हुने संगठनका सचिव विपी कोइरालाले जानकारी दिए। ‘

नशामुक्त नेपाल, समृद्ध नेपाल’को मूल नारासहित संगठनले काठमाडौँ उपत्यकास्तरीय पदयात्राको आयोजना गरेको हो। पदयात्रा ललितपुरको मंगलबजार पाटन दरवार स्क्वायर क्षेत्रस्थित कृष्णमन्दिर प्राङ्गणबाट शुभारम्भ हुनेछ।

पाटन कृष्णमन्दिरबाट प्रभात मावि त्यागल, महावौध मन्दिर वकुवहाल, थैना टंगल, इति टंगल, प्रयागपोखरी, लगनखेल बसपार्क, नमुना मछिन्द्र मा।वि।, पाटनहस्पिटल, ईखालखु, पूणर्चण्डी मन्दिर, मानभवन, जावलाखेल, पुल्चोक, ललितपुर महानगरपालिका, मदनस्मारक स्कुल, नः टोल गाँवहाल, महापाल हुँदै पुन पाटन दरवार स्क्वायर कृष्ण मन्दिरमा पुगेर समापन हुनेछ।
पदयात्राका माध्यमबाट तीनै तहका जनप्रतिनिधि एवम् सरोकारवाला निकायबीच देशलाई नशामुक्त घोषणा गर्न खबदारी गर्ने छ। नशामुक्त नेपालका लागि हस्ताक्षर संकलन अभियान पनि शुरु गरिसकेको छ ।

संगठनले विगत १६ वर्षदेखि नशामुक्ति अभियानमा कार्य गर्दै आएका छ। उक्त संस्था समाजमा व्याप्त धार्मिक आडम्बर, सामाजिक कुसंस्कार तथा राजनीतिक भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउँदै जातिभेद, छुवाछुत, बलिप्रथा, दाइजो प्रथा, नास्तिकता, साम्प्रदायिकता, चरित्रहिनता लगायतका कुसंस्कबाट ग्रसित समुदायलायई सनातन संस्कृति ऋषिकालीन परम्परासँग जोड्दै कर्मवान, सामर्थ्यवान, आत्मवान्, परोपकारी, क्षमाशील, त्यागपूणर्, सौर्य, साहस, पराक्रमलगायत मानवीय मूल्य मान्यताले परिपूणर् आध्यात्मिक समाज निर्माण गर्ने उद्देश्य बोकेर हिँडेको जनाइएको छ।