बहुदलकालका पहिलो सभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम बिदाई गरिएको हो ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्तिम बिदाई गरिएको छ । सोमबार पशुपति आर्यघाटमा भएको अन्त्येष्टिमा पूर्वसभामुख ढुङ्गानालाई राष्ट्रिय सम्मानका साथ बिदाई गरिएको हो । सरकारले ढुङ्गानाको शोकमा सोमबार मन्त्रिपरिषद्को निर्णयबाट सार्वजनिक बिदा दिएको थियो । अन्तिम बिदाईअघि ढुङ्गानाको पार्थिव शरीर ज्ञानेश्वरस्थित सानो गौचरणमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, मन्त्रीगण, विभिन्न पार्टीका नेता कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरू सहभागी रहेका थिए । ढुङ्गानालाई श्रद्धाञ्जली दिन सानो गौचरण पुगेर प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डा ओढाउनुका साथै पुष्पगुच्छा अपर्ण गरे ।
कलेजो सम्बन्धी समस्याबाट पीडित ढुङ्गानाको आइतबार ८३ वर्षको उमेरमा अस्पतालमा निधन भएको थियो । ढुङ्गाना सभामुखको कुर्सीमा रहँदा निष्पक्ष भूमिकालाई नै आफ्नो पहिलो कर्तव्य ठात्रे गरेका थिए । वि.स. २०४६ मा संवैधानिक राजसंस्था स्थापना भएपछि पहिलो सभामुखका रूपमा उनले निर्वाह गरेको भूमिका स्मरणीय छ ।
सर्वाेच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाएका ढुंगानाले २०४८ सालदेखि २०५१ सालसम्म सभामुखको भूमिका निर्वाह गरेका थिए । ढुङ्गानाले सदनको सभामुखको रूपमा जिम्मेवारी बहन गर्दैगर्दा अन्तर्राष्ट्रिय अभ्यास अनुसार, प्रधानमन्त्रीबाट सम्बोधन गर्नुअघि विपक्षी नेतालाई संसद्लाई सम्बोधन गर्न अनुमति दिने नजिर स्थापित गरेका थिए । सदन सरकार पक्षको भन्दा पनि प्रतिपक्षीको हुन्छ भत्रे धारणा स्थापित गराएका ढुङ्गानाले आफूलाई एक गैर पक्षपातपूर्ण सभामुखको रूपमा परिचित गराउन सफल भए ।
सभामुख बत्रे कुनै योजना या चाहना नभएका ढुङ्गानाको सांसदकै रुपमा ऐतिहासिक भूमिका निर्वाह गर्दै व्यक्तित्व र नेतृत्वको अभाव सांसदबाटै पूर्ति गर्ने चाहना थियो । परराष्ट्रमन्त्री बत्र प्रस्ताव आए पनि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला जस्ता शीर्ष नेतृत्वको जोडबलले सभामुख बनेका थिए ।
ढुङ्गानासँग २० वर्षे कानुनी वकालतको अनुभव भएका कारण कांग्रेस नेतृत्वले कानुनी पेच खुस्काउन सक्ने र विपक्षीलाई सहमतिमा ल्याउन सक्ने व्यक्ति ठानेर सभामुख बनाएका थिए । तर, उनले सभामुखको जिम्मेवारी पाएपछि भने संसद्मा कसरी भूमिका खेल्न सकिन्छ भन्ने रणनीति बनाउनमा ध्यान दिने गर्दथे ।
ढुङ्गाना कानुन व्यवसाय र प्रजातान्त्रिक आन्दोलनमा सँगसँगै होमिएका थिए । शान्ति, न्याय र मानवअधिकारका लागि निरन्तर वकालत गर्ने स्वाभिमानी छवि बनाएका ढुङ्गानाले पञ्चायती व्यवस्थामा पटक–पटक गरी पाँच वर्ष जेल जीवन बिताएका थिए । २०४६ सालको आन्दोलन सुरु हुुनु दुई दिनअगावै पक्राउ परेका ढुङ्गानालाई पञ्चायती शासकहरूले काठमाडौंमा राख्दा समस्या पर्ने देखेपछि दुर्गम रसुवाको जेल पु¥याएका थिए ।
ढुङ्गाना कांग्रेसमा आबद्ध भए पनि शान्ति प्रक्रियाका बेला माओवादीसँग धेरै नजिक रहेको बताइन्छ । २०६४ सालमा सबै पार्टीमा शान्ति पक्षधरहरूलाई बलियो बनाउन एक उच्चस्तरीय समिति गठन गर्ने आफ्नो प्रस्ताव अनुमोदन गराउँदै सरकार–माओवादी शान्ति वार्ताका सहजकर्तासमेतको भूमिका निर्वाह गरेका थिए ।
२०५१ सालमा भएको निर्वाचनमा काठमाडौं २ मा एमालेकी विद्यादेवी भण्डारीसँग पराजित भएपछि संसदीय राजनीतिमा त्यति नदेखिएका ढुङ्गाना एक्कासी २३ वर्षपछि २०७४ को आम निर्वाचनमा उम्मेदवार बनेका थिए । तर उक्त निर्वाचनमा पनि उनले हार व्यहोरे ।
यद्यपि, ३३ वर्षअघि उनले साढे तीन वर्ष सभामुख हुँदा प्रदर्शन गरेको निष्पक्ष र सन्तुलित भूमिकाले ढुङ्गानालाई नेपाली राजनीतिक इतिहासमा सधैँ स्मरण गराइरहने छ । साथै संसदीय प्रणालीमा सभामुखको भूमिका कस्तो हुनुपर्छ, संसदभित्र सरकार र प्रतिपक्षको अवस्था कस्तो हुन्छ तथा प्रमुख प्रतिपक्षीसँग कस्तो व्यवहार गरिनु पर्छ भन्ने कुरा उनले खेलेको भूमिकाबाट आजको दिन पर्यन्त पनि सबैले सिक्नु पर्ने पाठको रुपमा रहेको छ ।
प्रतिक्रिया