काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई आठबुँदे निर्देशन दिएको छ ।
आयोगले राजनीतिक दल तथा उमेदवारहरूले कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण वा दुरुपयोग वा क्षति पु¥याउने गरी कुनै काम गर्न÷गराउन नपाउने बताएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले सोमबार एक विज्ञप्तिमार्फत जानकारी दिइन् ।
स्थानीय तहको स्वामित्व रहेको निकाय, सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधन अन्य भौतिक साधन प्रयोग गर्न पूर्णरूपमा रोक लगाउन आयोगको निर्देशनछ ।
आयोगबाट लागु भएको आचारसंहिताको पालना गरी उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहहरूले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटनलगायत कामहरू नगर्न÷नगराउने व्यवस्था मिलाउन भनिएको छ ।
आचारसंहिताविपरीत कार्य भए कारबाही गरी सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगलाई दिन आयोगको निर्देशन छ ।
प्रतिक्रिया