काठमाडौं । स्व.पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
ढुंगानालाई छोराहरु निमेष र निशेषले दागबत्ती दिए हुन् । नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो । उपचाररत ढुंगानाको पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल हिजो दिउँसो निधन भएको थियो ।
सरकारले ढुंगानाको निधनको शोकमा आज देशभर सार्वजनिक बिदा दिएको छ । राजनीति क्षेत्रमा देखिएको विकृति र विसंगतिबारे स्पष्ट र खरो रूपमा प्रतिक्रिया दिँदै आएका स्व. ढुंगाना संविधान र कानूनका ज्ञाता हुन् । सिद्धान्त, निष्ठा, स्वाभिमान र नैतिकतामा अडिग रही राष्ट्रिय एकता र मेलमिलापका माध्यमद्वारा राजनीतिक विवाद समाधानका पक्षमा उनको महत्वपूर्ण भूमिका थियो ।
वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए ।
प्रतिक्रिया