काठमाडौँ बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । रामकुमार तिवारीको जाहेरीले बैङ्किङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई २ वर्ष कैद र ३० लाख जरिवाना हुने ठहर गरेको छ । २०८० चैत २७ मा अदालतले फैसला गरेपछि उनी फरार थिए ।
गुण्डागर्दीबाट उदाएका लामा पछिल्लो सयम बुद्धचित्त मालाको कारोबार गर्दै आएका छन् । उनी विरुद्ध सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर–५ स्थित होमबहादुर सुनुवारको बुद्धचित्तको मालाको दाना लुटेको कसुरमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
प्रतिक्रिया