देशको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पटक स्थानीय तहको निर्वाचनमा होमिदै छ । सहकारी प्रकरणमा सभापति रवि लामिछाने पक्राउको पिडामा रहेको रास्वपा त्यहीँपिडालाई शक्तिमा रुपान्तरण गर्ने रणनीतिमा देखिन्छ । सभापति लामिछाने विगत एक महिनादेखि हिरासतमा रहेको समय पार्टी भने दिनानु दिन शिथिल र कमजोर बन्दै गएको छ । पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिँदै गरेको रास्वपाका लागि यो उपचुनाव कति फलदायी होला त ?
देशलाई कायापलट गर्ने भन्दै पुरानाहरुको विकल्पका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा हाल आफैँसमस्याहरुको चौघेरामा परेको छ । जनताको मुद्दा र एजेण्डा बोक्ने भन्दै छोटो समयमै राष्ट्रिय दलको रुपमा उदाएको रास्वपा अहिले विवादमा मुछिएकासभापति रवि लामिछानेकै मुद्दा बोक्न तल्लीन छ । सहकारीको पैसाले खोलिएको ग्यालेक्सी टेलिभिजनका सेयर होल्डरमध्येका एक सभापति लामिछानेत्यही सहकारीको रकम हिनामिना र संगठित अपराध आरोपमा विगत एक महिनादेखि प्रहरी हिरासतमा छन् । देशको चौथो शक्तिको रुपमा रहेको रास्वपाले लामिछाने पक्राउको विरोध गर्दै रिहाइका लागि एक महिनासम्म निरन्तर सडक संघर्ष गर्दासमेत सफलता हात पार्न सकेको छैन ।
राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई फसाइएको आरोप रास्वपाले लगाउँदै आएको छ । तर अहिलेसम्म त्यसको पुष्टि हुने खालको प्रमाण रास्वपाले सार्वजनिक गर्न सकेको छैन ।यसले रास्वपाको नेतृत्व र शक्ति माथि नै जनतामा आशंका उब्जिन थालेको छ ।
यही बेला सिंगो देश र राजनीतिक दल उपनिर्वाचनको माहौलमा होमिदा निर्वाचनमा होमिने वा नहोमिनेद्वविधामा रहेको रास्वपाले सभापति लामिछाने हिरासतमा थुनिएको पिडालाई शक्तिमा रुपान्तरण गर्ने रणनीतिमा देखिन्छ । पहिलो पटक स्थानीय तहको निर्वाचनमा होमिन लागेको रास्वपाले गतिलो उम्मेदवारसमेत भेट्टाउन सकेको छैन ।यद्यपि, उपनिर्वाचनमा सहभागिताजनाएर रास्वपाले आफ्नो प्रभाव र पकडको परीक्षा लिने प्रयासमा गर्न खोजेको देखिन्छ ।तर, कमजोर संगठन र रणनीतिका कारण रास्वपाले इलामको उपनिर्वाचनमा बलियो उम्मेदवार र सिंगो पार्टी लाग्दा पनि जमानतसमेत जोगाउन नसकेको घाउ भुल्न सकेको छैन ।
करिब १२ लाख जनताले विश्वास गरेको रास्वपाले दिनप्रति दिन आफ्नो साख घटाउँदै आफ्नो खुट्टामा आफैँ बन्चरो हानेको विश्लेषण हुने गरेको छ । जसले स्थानीय तहको उपनिर्वाचनमा पनि प्रभाव पर्न सक्ने उनीहरुको तर्क छ ।
रास्वपा अहिले उपनिर्वाचनको चटारो र सभापति लामिछानेलाई हिरासतमुक्त गर्ने हतारोमा देखिन्छ । रवि भनेकै रास्वपा र रास्वपा भनेकै रवि भन्ने भाष्य जनतामा जबरजस्त रुपमा परेका बेला उनै रवि बिनाको उपनिर्वाचन रास्वपाका लागि क्याप्टेन बिनाको हवाई उडान जस्तो हुने कतिपयको टिप्पणी छ ।रवि कै नाम र टाउको देखाएर भोट बटुलेको रास्वपाले उपनिर्वाचनमा कुन रणनीतिका साथ प्रस्तुत हुन्छ र कस्तो परिणाम ल्याउछ त्यो भने हेर्न बाँकी छ ।
आइतबार उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता कै दिन केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गर्दै रास्वपाले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । सभापति लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा विगत एक महिनादेखि जारी आन्दोलनलाई थप सशक्त बनाउने रास्वपाको तयारी छ । साथै उसले लामिछानेको पक्राउलाई सत्तारूढ दलहरुले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र गरेको रुपमा व्याख्या गरेको छ । त्यसैलेसरकारको विरोधमा रास्वापाले दोस्रो चरणको आन्दोलन गर्न लागेको सो पार्टीको भनाइ छ ।
पार्टीको नामदेखि झण्डासम्ममा विवाद र आरोप खेपेको रास्वपा दुई दुई पटक सत्ताको सिढीमा चढ्दा नागरिकको अपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लाग्दै आएको छ ।सभापति लामिछानेको दोहोरो नागरिता प्रकरण हँुदै कोर टिमले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रकम मागेको विषयले बदनाम बनेको रास्वपाको चर्को आलोचना भएको थियो । पार्टीको नामकरणदेखि विधान निर्माणसम्म महत्पूर्ण भूमिका खेलेको दावी गर्ने संस्थापक महामन्त्री मुकुल ढकाल कोर टिमबाट चुइटिएर एक्लै रन्थनिएका छन् । उनले सभापति लामिछाने र रास्वपाका शीर्ष नेताहरुमाथि आगो ओकल्दै आएका छन् । सर्पले सर्पको खुट्टा देख्छ भने झै नागरिकमा मुुकुलले लगाएको आरोपहरुमा केही सत्यता हुन सक्ने आशंका पनि उत्तिकै कायम छ ।
सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अहिले पार्टी सभापति लामिछानेमाथि अनुसन्धान जारी छ । लामिछानेमाथि गोर्खा मिडियामा रकम आएका सबै सहकारीका सन्दर्भमा छानविन र अनुसन्धान गर्ने तयारीमा प्रहरी रहेको देखिन्छ ।पुरानाहरुले देशलाई सिध्याए भनेरबिरामी भएको देशलाई उपचार गर्न आएको रास्वपा अहिले आफँै आईसीयुमा पुग्ने अवस्थाले उपनिर्वाचनले कस्तो प्राण भर्छ त्यो भने नतिजाले नै प्रष्ट पार्ला । सरकार विरुद्ध आन्दोलनमा होमिएको रास्वपा उपनिर्वाचनमा मतदातामाझ कुन रुपमा प्रस्तुत हुन्छ ? त्यो पनि हेर्न बाँकी छ ।
प्रतिक्रिया