Breaking

सकसमा शेखर, परे कांग्रेसकै छायाँमा, गगनको धोका


कांग्रेसको नयाँ नेतृत्वको रुपमा हेरिएका डा.शेखर कोइरालालाई आफ्नै गुट सम्हाल्न हम्मेहम्मे परिरहेको छ । कांग्रेस अहिले गठबन्धन सरकारमा रहे पनि प्रतिपक्षीको बोली बोल्दै आएका डा.कोइरालालाई आफ्नो गुटका नेताहरूको झगडाले तनाव दिएको छ ।

नेपाली कांग्रेसमा गुट उपगुटको राजनीति कुनै नौलो कुरो होइन । कांग्रेसमा सफल हुन गुट, उपगुट बनाउने परम्परा जस्तै छ । कांग्रेसमा गुटको राजनीति अन्त्य गर्ने भन्दै १४ औं महाधिवेशनमा नेतृत्वका लागि चुनाव लडेका डा. शेखर कोइरालाले त्यही गुट उपगुटका कारण पराजित हुन पुगे ।

गुटको राजनीतिमा विश्वास नगर्ने भत्रे गरेका कोइराला उक्त हारदेखि आफैँ गुटको राजनीतिमा सक्रिय छन् । महाधिवेशनमा ४० प्रतिशत मत प्राप्त गरेर गुटको आवश्यता बुझेका डा.कोइरालाले १५ औं महाधिवेशन लक्षित गुट निर्माणलाई तीव्रता दिएका थिए । शेखर–गगन समूहको रुपमा चिनिने उनको गुटमा अहिले धेरै दरार आइरहेको छ ।

आफ्नै गुटका दुई नेता पर्यटन मन्त्री बद्री पाण्डे र सांसद राजेन्द्र बजगाईंको जुहारीले डा.कोइरालालाई अहिले सकस भइरहेको छ । पार्टीका सहमहामन्त्रीसमेत रहेका मन्त्री पाण्डेलाई गोखरा १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद बजगाईंले घुस खाएको आरोप लगाए पछि पार्टीभित्रको एकै गुटका नेताहरूबीच जुहारी चलिरहेको हो ।

गत मङ्गलबार रूपन्देहीको तिलोत्तमास्थित रोयल टाइगर रिक्रिएसनलाई क्यासिनो सञ्चालनको इजाजत दिँदा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री पाण्डेले करोड कमिसन खाएको बजगाईँले आरोप लगाएका थिए । सोही दिन एक सार्वजनिक कार्यक्रममा सहभागी भएका मन्त्री पाण्डेले त्यसको खण्डन गर्दै बजगाईंलाई बिचौलियाको बिल्ला भिराइदिए । मन्त्री पाण्डेले बजगाईंलाई जवाफ फर्काउँदै काम गर्न खोज्दा स्वार्थ समूहका मतियारले घेराबन्दीमा पार्न खोजेको टिप्पणी गरे ।

शेखर समूहको गुटमा पाण्डे र बजगाईं मात्रै बिच्किएका छैनन् । १४ औं महाधिवेशनदेखि नै साथ दिँदै आएका महामन्त्री गगन थापा अहिले शेखरसँगभन्दा पनि सभापति देउवासँग निकट हुन थालेका छन् । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई गगनकै इसारामा कारबाही गरेका देउवाले गगनको तारिफ पनि गर्न थालेका छन् भने, देउवासँग सम्बन्ध सुधार गर्दै लगेका गगन आफ्नै समूह निर्माणमा लागेका छन् ।

कुनै समय सभापति देउवाको आलोचकसमेत रहेका गगनको अहिले उनै देउवासँग ट्युनिङ मिल्न थालेको छ । त्यस्तै एमाले–कांग्रेसको नयाँ समीकरणबाट बनेको सरकारमा मन्त्री बत्रलाई दुई सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारको भिडन्त पर्दा अन्तिम समयमा मन्त्रीबाट हात धुन बाध्य परियार पनि शेखर समूहमा असन्तुष्ट देखिएका छन् । शेखर समूहकै नेता तथा सांसद डा.चन्द्र भण्डारी पनि आफू नेतृत्वमा आउने बाटो खोजिरहेका छन् ।

पहिले आफैँ ओलीसँग मिल्नुपर्छ भन्दै आएका शेखर अहिले सरकारको विरोधमा प्रतिपक्षी दलभन्दा एक कदम अघि देखिन्छन् । देउवालाई देखाई दिन ओलीसँग मिलेर कोशीमा विद्रोह गरेका शेखरले त्यसको औचित्य आजसम्म पुष्टि गर्न सकेका छैनन् । तर, अहिले सैद्धान्तिक रुपमा पार्टीले त्यही विद्रोहको लाइन लिँदा पनि उनी विरोधमै छन् । राजनीतिक रुपमा उनले गरेको विद्रोहको लाइन नै पार्टीले लिदा उनी प्रष्ट हुन सकेका छैनन् ।

सभापति शेरबहादुर देउवापछि नेपाली कांग्रेसको नेतृत्व आफ्नो हातमा लिने दाउमा रहेका शेखर कोइरालाको महत्वाकांक्षा ठूलो छ । १४ औं महाधिवेशनमा नै देउवालाई पछार्न मैदानमा हाम फालेका शेखर सफल हुन नसके पनि अब आउने महाधिवेशनमा सभापति र पछि प्रधानमन्त्री बत्रे कसरत गरिरहेका छन् ।

उनी देउवा निकट मानिने एनपी साउद र मोहनबहादुर बस्नेतलाई रिझाउने रणनीतिमा छन् । कांग्रेस नेतृ सुजाता कोइरालाले सार्वजनिक रुपमै आफूलाई साथ दिने भनेपछि ढुक्क भएका शेखर सभापतिका अर्का आकांक्षी वीपी पुत्र शशाङ्कलाई फकाउन तल्लिन छन् ।

सहोदर दाजुभाई नभए पनि तिहारमा शशाङ्क सँगै बसेर भाइटिका लगाएका शेखरले कोइराला परिवार एक ढिक्का छ भत्रे सन्देश प्रवाह गर्न खोजिरहेका छन् । तर, उनको ध्यान कोइरालाहरूलाई एक गराउनमा हुँदा आफ्ना नेताहरू नै चोइटिने तरखरमा रहँदा उता उनी भने देउवाका नेताहरू खोस्न तिर लागेका छन् ।