Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

सेयर बजारमा ११ अर्ब ७२ करोडको कारोबार,४.९८ अंकले बढ्यो


काठमाडौँ— आज सेयर बजारमा ११ अर्ब ७२ करोडको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १३.५ प्रतिशत बढी हो । अघिल्लो दिन १० अर्ब ३२ करोडको भएको थियो ।

बजारको परिसूचक नेप्से ४.९८ अंक बढ्यो । सो अंकको वृद्धिसँगै नेप्से २७५३ अंकमा कायम भएको छ । १४५ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन होटल तथा पर्यटन सेक्टरका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो । सो सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो ।

त्यस्तै विकास बैंक ०.६२, हाइड्रोपावर ०.८५, जीवन बीमा ०.२१, लगानी ०.१७, माइक्रोफाइनान्स १.२८, अन्य ०.११ र व्यापार ०.२४ प्रतिशत बढे । उत्पादन १.१३ प्रतिशत घट्यो । निर्जीवन बीमा ०.६९, फाइनान्स १.६३ र बैंकिङ ०.२१ प्रतिशत घटे ।

उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त, अपरहेवाखोलाको मूल्य १० प्रतिशत बढ्यो । माण्डु हाइड्रोपावरको ९.७१, बाराही हाइड्रोपावरको ९.२९, जनउत्थान लघुवित्तको ८.९६, भगवती हाइड्रोपावरको ८.४३ तथा ङादी ग्रुप पावरको ८.३५ प्रतिशत मूल्य बढ्यो । नारायणी डेभलपमेन्ट बैंक र जानाकी फाइनान्सको ७.८ प्रतिशत बढ्यो ।

समृद्धि फाइनान्स र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । मकर जितुमाया सुरीको ८ र बेस्ट फाइनान्सको ५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप, समृद्धि फाइनान्स, जानाकी फाइनान्स, सिंगटी हाइड्रो र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।