Breaking

कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति दिनेशकुमार अधिकारीले दिए स्वतन्त्र उमेदवारी


काठमाडौँ— काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति दिनेशकुमार अधिकारीले स्वतन्त्र उमेदवारी दिएका छन् । कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् ।

०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कीर्तिपुरको मेयरमा निर्वाचित राजकुमार नकर्मीको निधनपश्चात् त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

यस्तै, कीर्तिपुर–४ को वडाध्यक्ष पदका निम्ति पविता अधिकारीले स्वतन्त्र उमेदवारी दर्ता गराएकी छन् । उनी ०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर वडाध्यक्ष पदमा निर्वाचित श्यामकुमार अधिकारीकी पत्नी हुन् । श्यामकुमारको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

स्थनीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ ।