Breaking

मनपरी हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारबाही हुन्छः पर्यटनमन्त्री पाण्डे


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई भाडा मनपरी वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएकाछन् ।

उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिए । उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरुलाई उहाँले निर्देशन दिएकाछन् ।

गत शुक्रवारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम शुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रममन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए ।

मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान बिस्तार गर्न मन्त्रालयले योजनावद्ध रुपमा काम अघि बढाइरहेको बताए ।