काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले छुट्टाछुट्टै प्रतिष्पर्धा गर्दै छन् ।
तेस्रो ठूलो दल माओवादी केन्द्रले भने तालमेलको नीति लिएको छ । काठमाडौंमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेलको सहमति भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा तालमेल गर्ने सहमति भएको हो । सहमतिअनुसार कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउनेछ ।
यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ । सहमतिपत्रमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले हस्ताक्षर गरे ।
प्रतिक्रिया