काठमाडौं । संसद वैठकमा विद्येयकमाथि सांसदहरुले मतदान गर्दैगर्दा एक सांसदले विरोधस्वरुप संसदमा देखाएको अनौठो शैलीले विश्वको ध्यान खिचेको छ । बिहीबार सांसदहरूले आदिवासी सन्धि विधेयकमा मतदान गर्नेकक्रममा माओरी पार्टीकी २२ वर्षीया विधायक हाना–रावहिती माइपी–क्लार्कले आक्रोसीत हुदै विधेयकको प्रतिलिपि च्यातिन् । उनले आफनो परम्परागत माओरी नृत्य देखाइन । त्यहा सो नृत्य जटिल चाल र अनुहारको भावको माध्यमबाट गर्व, शक्ति र एकता प्रदर्शनको रुप देखाइएको मानिन्छ ।
उनले सदनमा प्रस्तुत गरेको हाका नृत्य दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुहरूको परम्परागत नृत्य हो । न्युजिल्यान्ड रग्बी खेलाडीहरूले आफ्नो खेलहरू अघि यसको माओरी संस्करण प्रदर्शन गर्छन्, जुन विश्वभर मान्यता प्राप्त भएको छ । यो समूहमा आक्रामक मुद्रामा खुट्टा टाँस्दै र चिच्याएर नाचिन्छ । उनलाई आफ्ना पक्षका सांसदले समेत साथ दिए र सो नृत्य देखाएर विरोध जारी राखे । संसदको सो भिडियो विश्वभरनै अहिले भाइरल भइरहेको छ ।
विश्वको संसदको रेकर्ड हेर्ने हो भने संसद्मा सांसदहरूले आफनो माग पुरा नहँुदा, कुनै पनि विद्येयकमा चित्त नबुभmदा विरोधस्वरुप कुर्सी तोड्ने, टेबुल फाल्ने, मुक्का हानाहानको अवस्था देखिन्थ्यो । तर न्यूजिल्याण्डको संसदमा विहीबार देखिएको पृथक दृश्यले, विरोधको फरक शैलीलाई अपनाएको छ । उनको रचनात्मक विरोधकै कारणले विश्वको ध्यान तानेकी छिन । सांसद हानाको सो शैलीले त्यहाको संसदमा केहीबेर तनावको स्थिती निम्त्यायो । ग्यालरीमा रहेका मानिसहरु जम्मा हुँदा संसद केही समयका लागि स्थगित समेत भएको थियो, सांसदहरुको नाराबाजीले चेम्बरमा बहसको अवस्था ल्यायो ।
को हुन्, सांसद हाना ? (बाँकी सामाग्री भिडियोसहित)
प्रतिक्रिया