खेलकुद

१३ वर्षपछि अफगानिस्तामाथि नेपालको जित


काठमाडौं । फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ ।

ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २–० को जित दर्ता गरेसँग नेपालले अफगानिस्तानलाई १३ वर्षपछि पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए ।नेपालले अग्रता लिएपछि रक्षात्मक रुपमा बलियो प्रदर्शन गरेको थियो ।

खेलको ७८ औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्यो । रोहित चन्दले राष्ट्रिय टोलीको लागि पहिलो गोल गर्ने क्रममा नेपाललाई २–० ले अघि बढाए । नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० ले पराजित भएको थियो । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न नपाएपछि यसपटक भने खेल्न पाएको थियो ।

अब टोलीले मार्च २०२५ मा एसियन कप छनोटको तेस्रो चरण खेल्नेछ ।