Breaking

आरजुमार्फत कांग्रेस मिलाउँदै ओली, कदम–कदममा अवरोध


काठमाडौँ – बाध्यताहरुकाबीचमा बलियो सरकार चलाइरहेका केपी शर्मा ओली अवसर र चुनौतीको चाङमा छन् । निर्णायक काँग्रेसका कारण नचाहेका काम पनि गर्न र चाहेका कामपनि गर्न नसक्ने स्थिस्तिमा रहेका उनी कतिपय निर्णय बाध्यताबस नै मानिरहेका छन् । यसले यसरी सरकार कसरी चल्छ भन्ने प्रश्नहरु समेत उब्जिदा ओलीको सकस कसरी प्रतिम्बित हुँदैछ त ?

प्रधानमन्त्री नै कार्यकारी हुने व्यवस्थामा बलियो अँकगणितीय धरालत हुँदासमेत प्रधानमन्त्री केपी शर्मा ओली बाध्यताको भूमरीमा छन् । फलतः सरकारलाई नै चुनौती दिने गरी संयन्त्र बनाउन तयार भएका उनी कांग्रेस सभापतिशेरबहादुर देउवा रिझाउनमै व्यस्त छन् । संसदको दोश्रो ठूलो दल भएरपनि संसदको अँकगणितका कारण उनको यो बाध्यता बन्दा एमाले भने मुख्य प्रतिस्पर्धीभन्दा फरक देखिनुपर्ने चुनौतीमा छ । सत्तामै बसेर सडक तताउन नेता कार्यकर्तालाई सडकमा उतार्ने तयारीमा ओली छन् ।

यसले राष्ट्रिय स्वतन्त्र पार्टीदेखि माओवादीसम्मको सडक अभियानमाथि धावा बोल्न सकिने विश्वासमा उनी रहँदा यसले काँग्रेसलाई पनि दवाव सिर्जना हुनेछ । जसले ओलीको वर्तमान सकस प्रष्ट पार्दा रवि लामिछाने पक्राउ गर्ने विषयमासमेत उनी फरक सुनिँदै आएका थिए । आगामी समीकरणका लागि भएपनि रास्वपा भड्काउन नहुने रणनीतिमा रहेका उनी काँग्रेसकै कारण रविको प्रहारमा परे । यता उपभामुखलाई हटाउने विषयसमेत काँग्रेसकै कारण उचालियो भने पछि उसैले साथ नदिँदा एमाले नै बद्नामको सिकार बन्यो ।

यता काँग्रेसकै गुट व्यवस्थापनका लागि संयन्त्र बन्दा सरकारको दुई तिहाइमाथि नै प्रश्न उठ्यो भने गठबन्धन हेरफेर गर्दा होस् वा मन्त्री चयनदेखि राजनीतिक मुद्दालाई हेर्ने दृष्टिकोणमा कांग्रेसमा दुईमत रहँदै आएको छ । यता कुलमान घिसिङ हटाउने विषयमासमेत काँग्रेसले नै साथ नदिँदा ओलीमात्र बद्नाम भइरहेका छन् । यसले कार्यकारी भन्ने तर साथ नदिने प्रवृत्तिकाबीच शेरबहादुर देउवाले सन्तुष्टि पोखेर मात्रै सरकार सकसरहित नहुने बुझाइमा ओली छन् । यद्यपि एमाले नेताहरु भने काँग्रेसबाट त्यस्तो कुनै असहयोग नरहेको तर्क गर्छन् ।

यता काँग्रेसकै कारण अध्यादेश ल्याउन ओलीले सकेनन् । रविसँग साटिएको यो विषयले अशोक राईको व्यवस्थापन मात्र नभएर नेकपा एकीकृत समाजवादीमा पहिरो जाने थियो । यता विपक्षी सबै सडकमा जाने अवस्था रहँदा त्यसको काउन्टरमा समेत काँग्रेसको साथ देखिँदैन । अर्थात ओली सत्तागठबन्धनभित्रै एकप्रकारको घेराबन्दीमा छन् । कुटनीतिक दृष्टिकोणबाटसमेत ओली बाध्यतामै छन् । भारतसँग सम्बन्ध सुधार गर्ने चाहना काँग्रेसले पुरा गर्न नसकेपछि उनी डा.आरजु राणालाई केही भन्न सक्ने अवस्थामा छैनन् । बरु सरकार बनेको चारमहिनासम्म दुबै छिमेकीले मान्यता नदिएको भाष्य निर्माण भएको छ । यहि कारण उनी चीन जान बाध्य बन्दा उक्त भ्रमणको मुख्य एजेण्डा बीआरआई नै अहिले सकसको विषय बनिरहेको छ । अर्थात देशमासमेत हैरानी खेपिरहेका उनी विदेश भ्रमणका एजेण्डामा समेत कांग्रेसले कैची लगाइदिने डरमा छन् ।

हुन त चीन भ्रमणको जिम्मा आरजुलाई दिएर होस् या काँग्रेसलाई बाध्ने संयन्त्र बनाएर होस् ओली क्षति न्यूनीकरणकै पक्षमा छन् । यता कांग्रेसका लागि समेत अन्य विकल्पभन्दा एमाले नै सही भन्नुपर्ने बाध्यता रहँदा फरक देखिनुपर्ने चुनौती त छदै छ । यसले सहमति कैबीच पनि अविश्वासको तुस बाँकी नै रहँदा ओलीको चीन भ्रमणपछि सत्तामा हलचल हुन सक्ने विश्लेषणले अर्को तरंग ल्याइदिएको छ ।जहाँकांग्रेसकै छायाँमा परेर कागजी बाघको सरकार कति चलाउने भन्ने बहसलेसमेत फरक माहोल तयार पारिरहेको छ । जसले फुकीफुकी पाइला चालेका ओली सकसमुक्त हुने सम्भावना निकै कम देखिन्छ ।