समाचार

यो साता सेयर बजार २.७२ प्रतिशतले बढ्यो


काठमाडौँ— यो साता सेयर बजार २.७२ प्रतिशत बढेको छ । गत साता २६७५ अंकमा बन्द भएको बजार यो साता ७३ अंक बढेर २७४८ मा बन्द भयो । मुख्य चाडपर्वहरु सकिएसँगै खुलेको बजारमा यो साता पाँचै दिन कारोबार भयो ।

गत साता बजार जम्मा २ अंक घटेको थियो । यो साता पहिलो दिन आइतबार ६२.५४ अंक बढेको बजार, सोमबार थप २२.१४ अंक बढ्यो । मंगलबार ११.२४ र बुधबार १४.१२ अंक घट्यो । अन्तिम दिन बिहीबार १३.९५ अंक बढ्यो ।

पछिल्ला दिनमा बजारमा कारोबार रकम पनि बढेको देखिन्छ । गत साताको अन्तिम दिन जम्मा ५ अर्ब २२ करोडको कारोबार भएकोमा यो साता आइतबार ९ अर्ब ७७ करोडको भयो ।

त्यस्तै सोमबार ११ अर्ब ३१ करोड, मंगलबार ७ अर्ब ८५ करोड, बुधबार ७ अर्ब ९१ करोड र बिहीबार १० अर्ब ३२ करोडको भयो । बजारको कारोबार रकमसँगै अंक बढ्नै जानुले बजारले बढ्दो लय लिएको जनाउँछ ।