समाचार

गौशालाका अतिक्रमित संरचनामा हटाउन अवरोध गर्ने सुमन सायमीसहित ३ जना नियन्त्रणमा


काठमाडौँ— गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएपछि सायमीसहितका युवाहरू आएर अवरोध गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत गौशालामा राखिएको गौशाला प्रहरी वृतका डीएसपी सुकदेव खनालले बताए ।

उनले भने, ‘ महानगररको काममा अवरोध गर्न खोजेपछि तीनजनालाई हामीले नियन्त्रणमा लिएका हौ। अहिले उनीहरुलाई गौशाला प्रहरी वृत्त परिसरकै प्रतिक्षालयमा राखेका छौं।’ चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको छ ।