काठमाडौँ – नेकपा (एमाले)ले मङ्सिर ७ गते काठमाडौँको भृकुटी मण्डपमा हुने जागरसभाको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ ।
एमाले महासचिव शङ्कर पोखरेलको उपस्थितिमा आज शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बृहत् पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको आयोजनामा एमालेले जागरण सभा गर्न लागेको हो । जागरण सभामा एमालेले उपत्यकाका तीनवटै जिल्लाको सम्पूर्ण पार्टीपंक्ती परिचालन गर्ने तयारी गरेको छ । सभालाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने तयारी छ ।
प्रतिक्रिया