काठमाडौँ – श्रीलंकाको संसदीय निर्वाचनमा राष्ट्रपति राष्ट्रपति अरणाकुमारा दिसानायकेको गठबन्धनले बहुमत ल्याउने निश्चित भएको छ ।
बिहीबार भएको निर्वाचनको मतगणना जारी रहँदा यो समाचार तयार पार्दासम्म २२५ सिटमध्ये १३७ स्थानमा गठबन्धनले जित हासिल गरिसकेको छ ।
बहुमतका लागि ११३ सिट आवश्यक पर्छ । गठबन्धनले त्योभन्दा धेरै सिट जितिसकेको छ र अन्य स्थानमा पनि अग्रता लिइरहेको छ ।
सेप्टेम्बरमा राष्ट्रपति निर्वाचित दिसानायकेलाई देशमा खराब आर्थिक संकटपछि अब भ्रष्टाचार विरुद्ध लड्न र स्थिरताको पुनर्स्थापना गर्ने आफ्नो वाचा पूरा गर्न स्पष्ट बहुमत आवश्यक छ।
प्रतिक्रिया