Breaking

४ पालिका उपप्रमुखमा महिलाले मात्रै उम्मेद्‌वारी दिन पाउने


काठमाडौँ – आसन्न उपनिर्वाचनमा ४ गाँउपालिकाको उपप्रमुख पदमा महिलाहरु मात्रै उम्मेद्‌वार बन्न पाउने भएका छन् ।

आयोगका अनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सार्केगाड र बाजुराको स्वामिकार्तिक गाँउपालिकाको उपप्रमुख पदका लागि महिलाहरुले मात्रै उम्मेद्‌वारी दिन पाउने भएका हुन् ।

ती गाँउपालिकाको प्रमुखमा निर्वाचित पुरुषहरु पदमा बहाल रहेकाले राजनीतिक दलहरुबाट महिलाहरु मात्रै उमेद्‌वार बन्न पाउने भनी निर्वाचन आयोगले नीतिगत निर्णय गरेको हो । उपनिर्वाचन मंसिर १६ गते हुँदैछ ।

उपनिर्वाचनमा ७ वटा स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदका लागि निर्वाचन हुँदैछ । तीमध्ये चारवटा स्थानीय तहमा यसअघि नै पुरुष निर्वाचित भएकाले अर्को पदका लागि महिला अनिवार्य गरिएको हो ।