Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Uncategorized

धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो


काठमाडौँ – सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ ।

यसअघि असोज १८ गते बोलाइएको अन्तर्वार्ता सिफारिस समितिका संयोजक डा। शिवराज अधिकारी बिरामी भएपछि स्थगित भएको थियो । अब मंसिर ९ गते बिहान ८ बजेका लागि फेरि बोलाइएको हो ।

सर्टलिस्टमा परेर पनि अन्तर्वार्ता तथा कार्यप्रस्तुति हुन नसकेपछि तीन उम्मेदवार कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा। नवराज अधिकारीलाई बोलाइएको हो ।

एक सार्वजनिक सूचना जारी गर्दै गठित सिफारिस समितिले तीन उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको हो ।