काठमाडौं । नेपालकै पहिलो र लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १४ औं वार्षिकोत्सवमनाउँदै फुडमाण्डु वानमार्ट सार्वजनिक गरेको छ । सन् २०१० मा स्थापनाभएदेखि फुडमाण्डुले अनलाइन फुड डेलिभरी सेवा सुरु गरेर ग्राहकवर्गलाई आफ्नो मनपर्ने रेस्टुरेन्टको खाना सजिलै घरमै पुर्याउँदै आएको छ । अहिले फुडमाण्डु काठमाडौं, पोखरा र चितवनमा पूर्ण रुपमा स्थापितभइसकेको छ ।
फुडमाण्डु वानमार्टको सुरुवातसँगै अब फुडमाण्डुले ग्राहकहरुलाई ग्रोसरी लगायत दैनिकआवश्यक वस्तुहरु पनि घरमै डेलिभरी गर्नेछ । अब ग्राहकहरूले फुडमाण्डु एपबाट ७०० भन्दा बढी उच्च गुणस्तरीय वस्तुहरुको तुरुन्तै र भरपर्दो डेलिभरी पाउनेछन् । हालको लागि यो सेवा गैरीधाराबाट ३ किलोमिटरको दायरा भित्र पर्ने महाराजगन्ज, धुम्बाराही, बालुवाटार र मैतीदेवी जस्ता क्षेत्रहरूमाउपलब्ध छ भने छिटै नै यो सेवा काठमाडौं उपत्यकाभरी विस्तार गरिने कम्पनीले जनाएको छ ।
फुडमाण्डुका संस्थापकतथाप्रबन्धनिर्देशक मनोहर अधिकारीले यस अवसरमाबोल्दै भन्नुभयो, “फुडमाण्डुले ग्राहकवर्गको आवश्यकताअनुसार सेवालाई विकास गर्दै आएको छ । फुडमाण्डु वानमार्टको माध्यमबाट हामीग्राहकलाई दैनिकआवश्यक पर्ने हरेक दिनको किनमेललाई पनिमनपर्ने खाना अर्डर गरेजस्तै सहजबनाउन चाहन्छौं ।”
साथै १४ औं वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले ʻफ्यान्टास्टिक १४’नामक सेल्स क्याम्पेनको सुरुवातगर्दै ७०% सम्मको छुट प्रदान गर्ने भएको छ । यस क्याम्पेनमाग्राहकहरूलाई फ्ल्याट डिस्काउन्ट, कम्बो अफर, बाई वान गेट वान डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज –फोर्टिन मेगाअफर र फोर्टिन्थ आवर सेल्स जस्ता आकर्षक अफरहरूउपलब्धहुनेछन् । यी सबै अफरहरू फुडमाण्डुको १४ वर्षको अद्भुतयात्राको उत्सवमनाउन र ग्राहकहरूलाई आभार व्यक्त गर्न तयार गरिएको हो ।
आगामीदिनमापनिग्राहकहरूको सन्तुष्टिलाई अझै माथि उठाउन र ग्राहक–केन्द्रितअभियानहरू ल्याउँदै अघि बढ्न फुडमाण्डु प्रतिबद्ध रहेको छ ।
रोजगार
प्रतिक्रिया