काठमाडौं । लुम्बिनीलायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामीएनपीएलकालागिआफ्नो ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । सोमबार नक्सालस्थितहिल्टनहोटलमा आयोजित एक पत्रकार सम्मेलनमायसको घोषणा गरिएको थियो ।
नेपालीचलचित्रउद्योगमादशकौं लामो योगदानदिएका राजेश हमालपर्दामाआफ्नो शतिmशाली डाइलग डेलिभरी तथाएक्सनले चर्चित छन् भने पर्दा बाहिर पनिआफ्नो बौद्धिकता र व्यक्तित्वले चिरपरिचित छन् । नेपालीचलचित्रको क्षेत्रमाउनको असाधारण योगदानले उनलाई ʻमहानायक’ को रुपमापनि चिनिन्छ । ब्राण्ड एम्बेसेडरको रूपमालुम्बिनीलायन्समा आबद्ध भई नेपाली खेलकुदमापनिआफ्नो प्रेरणादायी उपस्थितिजनाएका छन् ।
ब्राण्ड एम्बेसेडरको रुपमानियुक्त भएपछि हमालले आफ्नो विचार राख्दै भन्नुभयो,“लुम्बिनीलायन्ससँगको यस सहकार्यले मलाई अत्यन्तखुसी र गर्व महसुस गराएको छ । लुम्बिनीलायन्सको एनपीएलमा सफलताहासिल गर्ने लक्ष्यमात्रनभई समग्र क्रिकेट खेललाई नै प्रवर्धन गर्ने प्रतिबद्धता साँच्चै नै प्रेरणादायी छ । म यो सहकार्यमार्फत लुम्बिनीलायन्स तथा नेपालीे क्रिकेटको प्रवर्धनमाआफ्नो योगदानदिनपाउँदाअत्यन्तउत्साहित छु ।”
लुम्बिनीलायन्सकाअध्यक्ष ईश्वर जिसीले हमाललाई ब्राण्ड एम्बेसेडरको रूपमा स्वागतगर्दै भन्नुभयो,“चलचित्रजगतको ‘लायन’लाईलुम्बिनीलायन्समाभित्राउनपाउँदाहामीनिकैखुसी छौँ ।हाम्रो लक्ष्यभनेको लुम्बिनीलायन्सलाई समग्र रुपमाएनपीएलकोउत्कृष्ट टिम बनाउने हो र उहाँको आगमनलेहाम्रो त्यहीलक्ष्यतर्फको पाइलालाई झनै बलियो बनाएको छ । लुम्बिनीलाईएकदमै महत्वदिएर हामीअगाडी बढिरहेका छौं र सोहीअनुरुपकप्तान, कन्सुल्टेन्त कोचतथा ब्रान्ड एम्बेसेडरसाइन गरेका छौँ । म आफँै पनिलुम्बिनीमैजन्मेको र क्रिकेट खेलसँगपनिभावना जोडिएकोले मलाई गर्वको महसुस भइरहेको छ।”
लुम्बिनीलायन्सको यो नयाँ घोषणाले यस प्रान्चाइजका साथै नेपाली खेलकुदमा नै नयाँउत्साह र ऊर्जा थप्नेछ । नेपालप्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुषसम्मचल्नेछ ।
खेलकुद
प्रतिक्रिया