काठमाडौँ – पूर्वगृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवामा आज गर्ने प्रदर्शन शान्तिपूर्ण र मर्यादित बनाउन आचार संहिता लागू गरेको जनाएको छ ।
सहकारी ठगी आरोप लागेका पार्टी सभापति लामिछाने पोखराबाट भैरहवा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आज भैरहवामा प्रदर्शन गर्ने तयारीमा छ । पोखराबाट भैरहवा लैजाने भनिए पनि मौसम प्रतिकूलताका कारण रविको उडान भने हुन सकेको छैन ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको अनुसन्धानका क्रममा लामिछानेसँग आजबाट सरकारी वकिलको कार्यालय भैरहवामा बयान हुँदैछ । बिहान ११ बजे बुद्धचोकस्थित लुम्बिनी गेटमा भेला भएर नारायणपथ, देवकोटाचोक हुंदै जिल्ला प्रहरी कार्यालय नजिक पुगेर सभा गर्ने तयारी गरिएको रास्वपा रुपन्देही सभापति डा. बुद्धिप्रसाद शर्माले बताए ।
प्रतिक्रिया