काठमाडौँ— रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेमा सत्यता नरहेको बताएका छन् ।
आज प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
बैठकमा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपालमा अमेरिकी सेना आएको विषय के हो भनेर सोधेकी थिइन् । जवाफ दिँदै राईले भने, ‘एक जना रथी नेपाल भ्रमणमा आउनुभएको छ । अन्य दलबलसहित आउनुभएको होइन । यसमा यति भने पुग्छ भन्ने लाग्छ ।’
प्रतिक्रिया