सत्तामै रहेर एमाले मिसन ८४, माओवादी उपनिर्वाचनमै निर्णायक देखिने र रास्वपा सभापति छुटाउने खेलमा हुँदा काग्रेस भने आफ्नै पारामा छ । नेताहरु गुटगत राजनीतिमै रमाउँदा सभापति छुट्टि मनाउँदै छन् । शेखर–गगन आगामी नेतृत्वको तयारीमा देखिदाँ काँग्रेस नेताहरुको हालत मनमौजी भन्न मिल्ने देखिन्छ ।
अन्य दल सँगठन निर्माण,एजेण्डा स्थापित गर्न र उपनिर्वाचन केन्द्रीत भएर युद्धस्तरमा खटिदा काँग्रेस नेताहरु भने आफ्नै धुनमा देखिएका छन् । उनीहरु पार्टि भन्दा माथि आफू राखेर त्यहि अनुसार अघि बढिरहँदा सभापति शेरबहादुर देउवा नै होलिडे मनाउने मुडमा छन् । एमाले नभड्किएसम्म पालो आईहाल्ने पक्का हुँदा उनलाई अहिले खासै राजनीतिक तानावाना बुन्न छैन् ।
आगामी महाधिवेशनबाट यसैपनि फुर्सदको जीवन जीउनुपर्ने अवस्था रहँदा महामन्त्री गगन थापाजस्ता व्यक्ति नै निकट हुँदा देउवालाई सन्चो छ । फलत ः उपनिर्वाचनका रणनितिक तानावाना बुन्ने काम अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई जिम्मा लगाएका उनी गृहनगर जाँदै छन् । २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक गृहजिल्ला जादै गरेका देउवा त्यहाँ एक सातासम्म बस्ने कार्यक्रम छ ।
यसैपनि वृद्धवयलाई आरामको आवश्यकता पर्दा यो समय उनी गाँउका मेलाहरुमा रमाईलो गर्ने छन् । २६ गते गृह जिल्ला जाने उनी आफन्त भेट्नेछन् भने रामरउस गरेर मँसिर २ मा मात्र काठमाडौँ फर्किने कार्य तालिका छ । यसैपनि अब श्रीमती आरजु राणालाई स्थापित गर्नुबाहेक उनलाई कांग्रेसबाट खासै अपेक्षा पनि छैन् । प्रधानमन्त्री त भाग्यमा भए लडि लडि हाईहाल्छ । यता महामन्त्री थापाको छुट्टै पारा छ । सभापतिको कुर्सी ताकेर देउवासँग लय मिलाउँदै आएका उनलाई सबैको नेता बन्ने चुनौती छ ।
फलत ः आफैले सहकारी ठगलाई बचाएको भन्दै चलेको हल्लामा नवोली उपसभापतिलाई छानविन गर्नुपर्ने भन्दै टिप्पणी गर्नुपरेको छ । जहाँ एमाले सम्पूर्ण शक्ती लगाएर उपनिर्वाचनमा आफ्नो हैसियत देखाउने बाटोमा रहँदा माओवादी खवरदारी सभासहित नागरिकसँग जोडिने बाटोमा छ । यता रास्वपा सभापति रवि लामिछानेलाई निकाल्ने देखि उपनिर्वाचनमा प्रभाव देखाउने बाटोमा मनमौजी काँग्रेस निर्देशन दिएरै देशको ठूलो पार्टि बन्न सकिन्छ भन्ने विश्वासमा देखिन्छ ।
यता डा.शेखर कोईरालाको आफ्नै दुख छन् । आगामी सभापतिको दाउमा रहेका उनका लागि देउवा भन्दा गगन चुनौती बन्न थालेका छन् । यसले सपनामा समेत सभापति देख्ने कोईरालाको निदहराम हुदा उनी गगन भन्दा पहिले नेता कार्यकर्तासँग जोडिनुपर्ने दवावमा देखिछन् । यस कारणसंकल्प यात्राका नाममा रन्जित कर्ण, भुपेन्द्रजंग शाही, धर्मेन्द्र नेम्वाङ जस्ता युवालाई देश दौडाहामा पठाएका छन् । यो टोलीले २३ जिल्लामा छलफल र अन्तक्र्रिया गर्ने कार्यक्रम रहँदा गगन पक्षीय नेताहरु समेटिएका छैनन् ।
अर्थात उनीहरु शेर दा ले भनेकै कारण हिडेको काँग्रेस नेताहरुले नै बताउन थालिसकेका छन् । अर्थात पार्टिको भन्दा शेखरको धरालतीय यर्थाथता बुझ्न उनीहरु हिडेको आक्षेप लाग्दा राष्ट्रिय सभामा पुगेपछि चमकधमक बढ्न थालेका कृष्णप्रसाद सिटौलाको पारा अर्कै छ । उनी अहिले देशको चिन्ता गरेजस्तो देखिने बाटोमा छन् ।
गज्जब त के छ भने कांग्रेसका नेताहरुसँग अहिले देशको वा पार्टिकै नेतृत्व हत्याउने बाहेको कुनै चिन्ता नै देखिदैन् । यसले तल्लो तहका नेता कार्यकर्ता समेत पार्टि भन्दा नेता फकाउने बाटोभन्दा माथि उठ्न सकेका छैनन् । जवकि सानो आकारको भएपनि सातै प्रदेशका विभिन्न स्थानीय तहमा उपनिर्वाचन हुँदै छ । यसले यो उपनिर्वाचन दलहरुको मतपरिक्षणको एक आधार बन्न्ने पक्का छ । तर न संगठन बलियो न नेताहरुमा एकता न सरकारमा बसेर राम्रो काम गरेको आधार मख्ख र ढुक्क काँग्रेस अवस्था गज्जब छ । जसले गणेशमान सिंह र विपि कोईराल विकिन्जेल धेरै सोच्न आवश्यक नभएको बुझाईमा उनीहरुको रहेको पक्का छ ।
प्रतिक्रिया