काठमाडौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पहिलो कार्यकालमा २०७२ सालमा प्रधानमन्त्री पद सम्हालेको झन्डै ६ महिनापछि भारतको नयाँ दिल्ली पुगेका थिए । संविधान जारी भएपछि असन्तुष्ट मधेशवादी दलहरुको आन्दोलनलाई ढाल बनाएर भारतले झन्डै पाँच महिना अघोषित नाकाबन्दी गरेपछि चौतर्फी भारत विरोधी गतिविधिले दुई पक्षीय कुटनीतिक सम्बन्ध नाजुक बनेको थियो ।
यस्तो विषम परिस्थितिका बावजुद मधेशवादी दलको आन्दोलन रोकिएपछि भारतले नाकबन्दी मात्र हटाएन प्रधानमन्त्री ओलीलाई भ्रमणका लागि तत्काल निम्तोसमेत दियो । उच्च प्राथमिकतामा राखेर दिल्लीमा धुमधामले ओलीलाई स्वागत ग¥यो । तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विमानस्थलमै आएर स्वागत गरिन् । राष्ट्रप्रति प्रणव मुखर्जीले ओलीलाई आफ्नो निवासमा पाहुना बनाए । ओलीलाई प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उच्च सम्मान दिन भ्याए ।
भारतले नपत्याएपछि बारम्बारको ताकेतामा चीनले प्रधानमन्त्री ओलीलाई स्वागत गर्न तयार भएको चर्चा कुटनीतिक वृत्तमा छ । बजेट निर्माणदेखि आन्तरिक गतिविधिमा व्यस्त हुने चीनले उच्चस्तरीय कुटनीतिक भेटघाटको अनुकूल समय नहुँदा नहुँदै नेपालकै जबरजस्तीमा ओलीलाई स्वागत गर्न तयार भएको विश्लेषणसमेत हुँदै आएको छ । भारतले बेवास्ता गरेपछि ओलीले कथित चिनियाँ कार्ड प्रयोग गर्न खोजेको टिप्पणी कतिपयको छ ।
(बाँकी सामाग्री भिडियोसहित)
प्रतिक्रिया