अपराध

मन्त्री छान्न ट्रम्पको गुुप्तबास, एलन मस्कदेखि माइक पोम्पिओसम्म, अरु को–को छन् ? (भिडियो)


काठमाडौं । अमेरिकाको ४७ औँ राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न कडा चुनौतीकाका बावज्ुुत दोस्रो पटक डोनाल्ड ट्रम्प चुनिएका छन् । १३२ बर्ष पछिको कीर्तिमानसँगै उनका सामु कयौ चुनौतीहरु पनि उतिकै थपिएको छ ।

ट्रम्पका सामु अब अमेरिकाको खस्कीदो अर्थतन्त्र, कुटनीतिक सम्बन्ध, परराष्ट्रनीति, विश्वका ठल्ठुला युद्ध रोक्ने बाचा लगाएतका थुपै चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । ट्रम्प इतिहास रच्ने दाउसहित दोस्रोकार्यकालका लागि हवाईट हाउस छिर्दा, कस्तो टिम बनाएर अघि बढ्लान विश्वको ध्यान केन्द्रित भएको देखिन्छ ।

उता कमला ह्यारिसको पराजयपछि डेमोक्र्याटीभित्र निर्वाचन समिक्षा भएको छ । अमेरिकी प्रतिनिधि सभाका पूर्व सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति जो बाइडेन छिट्टै दौडबाट बाहिरिएको भए चुनावमा डेमोक्र्याटहरूले राम्रो सफलता पाउने तर्क गरेकिछिन् । वाशिंगटनका सबैभन्दा शक्तिशाली राजनीतिज्ञहरू मध्ये एक रहेकी पेलोसीले वाइडेनको कमजोरीका कारण यो नतिजा आएको आरोपनै लगाएकी छिन् ।


यता, राष्ट्रपतिमा निर्वाचित ट्रम्पले ह्वाइट हाउसका महत्त्वपूर्ण पदमा नियुक्ति थालेका छन् । राष्ट्रपति ट्रम्पले आफना टिममा कस्ता ब्यक्तिलाई नियुक्त गर्लान् त ? बाइडनबाट ट्रम्पलाई हुने सत्ता हस्तान्तरणमा सघाउन गठित ट्रम्पको समूहले नयाँ प्रशासनमा कसलाई नियुक्त गर्ने भनेर छलफलमा जुटेकाछन् ।

(बाँकी सामाग्री भिडियोसहित)