काठमाडौं । कुनै सयम थियो, जुन बेला कसैले नेपाली चलचित्र हेर्नका लागि प्रस्ताव ग¥यो भने सो व्यक्ति मजाकका पात्र बत्रे गर्थे । नेपाली चलचित्र पनि कसैले हेर्छन् ? भत्रे जस्ता प्रश्नको सामना गर्नु प¥थ्यो ।
नेपाली चलचित्रलाई समयको बर्बादिकै रुपमा अथ्र्याउने जमात ठूलै थियो । हल व्यवसायीहरूले पनि विदेशी चलचित्र प्रर्दशनमा लाग्नासाथ स्वदेशी फिल्मलाई उतारि हाल्ने गर्थे । तर, अहिले समय पुरै परिवर्तन भएको छ । नेपाली चलचित्र हेर्न नचाहनेहरू पनि हलहल डुलेर टिकट काट्न लाईन बस्न थालेका छन् । समयको बर्बादि ठात्रेहरू चलचित्रका कथावस्तुले आफ्नै जीवनको भोगाई र कहानी भएको महसुस गर्न थालेकाछन् ।
नेपाली चलचित्रको बजार यतिबेला ‘पूर्णबहादुरमय’ बनेको छ । हलभित्र दर्शक खचाखच छन् । टिकटको हाहाकार छ । फिल्म हेरेर हलबाट निस्किएका दर्शकहरु आँशु लुकाउन सकिरहेका छैनन् । नेपाली चलचित्रप्रति यसअघि कहिल्यै नदेखिएको क्रेज देखिएको छ । बलिउड र हलिउडका चलचित्रलाई मात्र प्राथमिकतामा राख्ने हल व्यवसायीहरूले पनि अहिले भएभरका सबै शोहरू नेपाली चलचित्रकै लागि छुट्याएका छन् । राजधानीका सबै मल्टिल्पेक्सहरूमा अधिकांश शोहरूमा हाउसफुलसहित नेपाली चलचित्रले नै एक क्षत्र राज गरिरहेको छ।
सरोज पौडेलको निर्देशनमा बनेको पूर्णबहादुरको सारङ्गी हेर्नका लागि दुईदिनसम्म कुर्नु पर्ने अवस्था बनेको छ । पूर्णबहादुररूको सारङ्गीले १० औं दिनसम्म आईपुग्दा १२ करोडभन्दा माथिको व्यापार गरिसकेको छ । फिल्मले लगानीको मुनाफा मात्रै कमाएको छैन । कात्र्तिक १५ लक्ष्मीपूजाकाको दिन देखि लागेको चलचित्रले नेपाली फिल्मलाई हेर्ने नजरिया नै परिवर्तन गरिदिएको छ ।
पूर्णबहादुरको सारङ्गीले मात्रै होइन, यसअघि लागेका सात मध्ये ६ वटा चलचित्रले पनि सफलता हात पारेकाछन् । मीनबहादुर भामको शाम्बाला देखि सुरु गरेको नेपाली चलचित्रको कमाई पूर्णबहादरको सारङ्गीसम्म आईपुग्दा यसले निरन्तरता पाईरहेको छ ।
(बाँकी सामाग्री भिडियोसहित)
प्रतिक्रिया