काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि प्रहरीले आज अदालत लाँदै छ ।
तेस्रोपटक थपिएको म्याद शनिबार सकिएसँगै आज अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएका छ । यसअघि शुरुमा ६ दिन, दोस्रो पटक७दिन र तेस्रोपटक १० दिन म्याद थपिएको थियो।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ । आइतबार म्याद थपेर लामिछानेलाई रूपन्देही लैजाने तयारी छ ।
रूपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारीको बचत रकम अपचलनबारे लामिछानेको नाममा पक्राउ पुर्जी जारी भइसकेको छ। रास्वापाले भने पार्टीकोे बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन सुनियोजित षड्यन्त्र गरेको आरोप लगाएको छ। रास्वपा केन्द्रीय समितिको बैठकले वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रुपमा निषेध गर्न लामिछानेलाई पक्राउ गरेको निष्कर्ष निकालेको छ।
संसदीय छानबिन समितिको प्रतिवेदनमा सहकारी प्रकरणमा लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको उल्लेख भए पनि सोही अभियोगमा पक्राउ गरिएको रास्वपाको दाबी छ ।
प्रतिक्रिया