Breaking

आज महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती


काठमाडौं । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ।

किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । १९४२ कात्तिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दले समाजसुधारका लागि नीति निर्माण गरेकाथिए । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । जुन १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । छोरीको विवाह गर्दा पैसा लिन नहुने, पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्नेजस्ता महत्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्। त्यसक्रममा उनले देशद्रोहीको अभियोग पनि खेप्नुपरेको थियो। किरात समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत जिल्लामा फाल्गुनन्द जयन्ती मनाइन्छ। यस अवसरमा कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले फाल्गुनन्दले देखाएको मार्ग अनुशरण गर्न आह्वान गरेकाछन् ।