काठमाडौं । सहकारीको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनामा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङ र अर्का एकजनाबिरुद्ध रेडकर्नर नोटिस जारी भएको छ ।
ललितपुरको मितेरी सहकारीको करोडौं बचत हिनामिना गरेको आरोपमा व्यवस्थापक ज्योति गुरूङ र व्यवसायी ज्योतिबहादुर भण्डारीविरूद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएको छ ।
उनीहरूविरूद्ध रेड कर्नर नोटिस जारी भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रवक्ता एसपी होविन्द बोगटीले जानकारी दिए ।
महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिना भएको थियो ।
प्रतिक्रिया