काठमाडौँ – भारतले यो वर्षको हिउँदमा विद्युत् दिने गरी भएको नेपालसँगको सम्झौता अझै नवीकरण गरेको छैन । सुक्खायाममा देशभित्र उत्पादन हुने विद्युतले माग नधान्ने भएकाले विद्युत् प्राधिकरणले भारतबाट आयात गरेर आपूर्ति गर्दै आएको छ । तर, त्यसका लागि भारतले विद्युत् आयातलाई अनुमति दिनुपर्ने हुन्छ ।
गत मार्च २९ (चैत १६) मा भारतले चुनाव आइरहेको भन्दै तीन महिनाका लागि मात्रै विद्युत् निर्यातसम्बन्धी सम्झौता नवीकरण गरेको थियो । दिनको समय (सन आवर) मा मात्रै विद्युत् निर्यात गर्ने गरी गरिएको सम्झौताको नवीकरणको म्याद जुनको अन्त्यमा सकिएको थियो । त्यसपछि भारतले सम्झौता नवीकरण गरेको छैन ।
प्रतिक्रिया