काठमाडौँ— सामाजिक सञ्जालदेखि सार्वजनिक सभासमारोहमासमेत वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी विरोध भएसंगै सरकारले सरकार विरोधी उत्तेजित अभिव्यिक्ति दिनेहरुलाई पक्राउ गर्दै धमाधम कारवाही गर्न थालेको छ । जनताको असन्तुष्टिलाई सम्बोधन गरेर कार्यशैली सुधार गर्नुको साटो उल्टै जनताको मुख थुन्ने गतिविधिमा सक्रिय हुँदा सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लाग्न थालेको छ ।
कुनै समय नेपाली जनतामा सर्वाधिक रुचाइएका नेता हुन् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली । एक समय उनी जहा पुग्थे त्यहाँ‘केपी बाआई लभ्यू’ भन्नेहरुको घुइँचो लाग्ने गथ्र्यो । यसले उनको लोकप्रियताको उचाई कहाँसम्म थियो भन्ने छर्लङ हुन्थ्यो । तर पछिल्लो समयमा भने ओलीको हाईहाई भन्दा पनि उनीविरुद्धको चर्को स्वर चुलिन थालेको छ । करिब७ लाख पार्टी सदस्य रहेको एमालेअध्यक्ष र झण्डै दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेका ओली चौतर्फी विरोधको घेरामा परेका देखिन्छन् । पछिल्लो समय(जहाँ पुग्छन्ओली, त्यहाँसुरु हुन्छ विरोधको बोली) भन्ने भाष्य जबरजस्त रुपमा स्थापितहुँदै गएको छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको देश भित्र मात्र नभएर देश बाहिर पनि विरोध रआलोचना हुने गरेको छ ।मुलुकका प्रधानमन्त्री, राजनीतिक दलका नेता तथा भीआईपीहरुलाई टार्गेट गरेर सार्वजनिक स्थलमा असभ्य नाराबाजी गर्ने क्रमबढ्दै गएको छ । त्यसको पहिलो नम्बरमा प्रधानमन्त्री ओलीछन्।
घटना नम्बर १
गत भदौ १० मा काठमाडौंको टुडिँखेलमा गौरा पर्वको अवसरमा शुभकामना दिन पुगेका प्रधानमन्त्री ओली विरुद्ध केही युवाले नाराबाजी नै गरे । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी भएपछि उनीहरु कार्यक्रम स्थल छाडेर बाहिरिनु परेको थियो भने नाराबाजीमा संलग्न युवाहरु पक्राउसमेत परेका थिए । जुन दृश्य आफैँमा असोभनीय र ओलीका लागि असहज देखिन्थ्यो ।
घटना नम्बर २
देश भित्र मात्र नभई देश बाहिर पनि ओलीविरुद्ध नागरिकको आक्रोश देखिएको छ । केही समयअघि संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ पनि विरोधको सामना गर्नु प¥यो । प्रधानमन्त्रीसंग नेपालीहरुले अन्तरक्रिया गर्न राखिएको कार्यक्रममा कालो झण्डा देखाउने पूर्वसूचना पाए पछि पूर्वनिर्धारित कार्यक्रम नै स्थगित गर्नु परेको थियो । त्यसले अन्तर्राष्ट्रिय स्तरमै ओलीको बद्नाम भएको थियो ।
घटना नम्बर ३
संविधान दिवसको उपलक्ष्यमा काठमाडौंको दरबार मार्गमा भएको साङ्गीतिक कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका थिए । तर त्यहाँ पनि उनीविरुद्ध नाराबाजी लागेको थियो । जसका कारण मञ्चमा चढेका ओली हतार हतार बाहिरिनु परेको थियो ।
घटना नम्बर ४
रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको शवको प्रतिमा बनाएर दाहसंस्कार नै गरिएको थियो ।जसको परिणाम स्वरुप चितवनका सीडीयो र प्रहरी प्रमुख नै सरुवा हुनु प¥यो ।यसमा पनि सरकारको चौतर्फी आलोचना भएको थियो । सत्तापक्षकै नेताहरु सरकारको कार्यशैलीर कदम अपरिपक्व रहेको स्विकार्छन् ।
घटना नम्बर ५
गत बुधबार कार्तिक १४ गते दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि यो क्रम दोहोरियो।रंगशालामा ओलीविरुद्ध असभ्य नाराबाजी लागे। ‘केपी ओली मुर्दावाद’ को नारा लाग्दा बालेन शाहको हाईहाई गरिएको थियो । सोही समयमा जापानमा रहेकानेपाली युटुबर रतन कार्कीले सामाजिक सञ्जालमार्फत खेल हारेको आक्रोश र पीडामा प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै आजै सिध्याउनु पर्छ,भन्ने लगायतका उत्तेजित अभिव्यिक्ति दिए । सोही अभिव्यक्तिका कारण जापानमा रहेका रतनविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले इन्टरपोलमार्फत नेपाल झिकाई कार्वाहीको पक्रिया अगाडि बढाएको छ ।
पछिल्लो समयओलीको पुत्ला जलाउने, सामाजिक सञ्जालमा गालीगलौज गर्ने, अभद्र नाराजुलुस गर्ने लगायतका गतिविधि बढ्दै गएका छन् । जनतामा नेतृत्वप्रति चरम असन्तुष्टि र आक्रोशबढ्दै गएको छ ।यसलाई समाधान गर्नुको साटो सरकार भने ती आवाजहरुलाई दबाउन सक्रिय भएको देखिन्छ । विद्यार्थी भिषामा विदेश पढ्न गएको एक नेपाली युटुबरलाई सरकारले सबै बल लगाएर झिकाउने प्रयत्नमा लागेको छ । सरकार विरुद्ध बोल्नेहरुको मुख थुन्नलागेको छ । यसले झनै जनतामा आक्रोशको ज्वारभाटा फुट्ने सम्भावना देखिन्छ ।जनताप्रति उत्तरदायी बन्नु पर्ने सरकार आफूविरुद्ध बोल्नेहरुप्रतिनिर्मम् बन्दै गएको छ । तर, विभिन्न काण्डमा मुछिएर अदालतले दोषी करार गरेकाहरुलाई पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने कार्यमा भने सरकार बेखबर बनेको छ । अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएका पूर्वमन्त्री दीपक मनाङे, हनी ट्र्याप गिरोहसँग मिलेमतो गर्ने प्रहरी इन्स्पेक्टर बिनु शाही तथा विदेशमा लुकेर बसेका सहकारी ठगहरुलाई पक्राउ गर्न सरकार उदासिन बनिरहेको छ । यो सरकारको लाचारीपन भएको पूर्वप्रहरी अधिकारी नै बताउँछन् ।
देशमा बढ्दो बेरोजगारी, भ्रष्टाचार र नेतृत्वको अकर्मन्यताले नागरिकमा नेताहरुप्रति देखिएको यो कुण्ठा र आक्रोशको अवस्थाडरलाग्दोबन्ने देखिन्छ । नागरिकमा बढ्दो निराशा र आक्रोशतर्फ सत्तामा रहेकाहरुले गम्भीर रुपमा मनन गर्नु पर्ने अवस्था आइसकेको छ । आफ्नो लोकप्रियता चाहने नेतृत्वले कमकमजोरी केलाउन नसक्नु र विरोधी आवाजलाई दबाएरै छाड्ने प्रवृत्तिको पछि लाग्नु बिडम्बना नै मान्नु पर्छ । अहिले सामाजिक सञ्जालमा देखिएको आक्रोशको नतिजा निकट भविष्यमा हुने निर्वाचनमा समेत नदेखिएला भन्न सकिन्न । सत्ता र शक्तिको दम्भको बदला जनताले मतदानमार्फत लिने निश्चित छ ।
प्रतिक्रिया