राजनीति

देउवाकै कारण हैरान ओली, नाफाजति कांग्रेसलाई, घाटामा एमाले, ओलीको चीन स्वार्थमा आरजु तगारो


काठमाडौँ— फरक विचार र सिद्धान्त भएपनिबाध्यताले एक ठाँउ उभिएकादाबीगर्नेकाँग्रेस एमालेभित्रत्यो कहिलेसम्म भन्ने प्रश्नउब्जिनथालेको छ । नेतृत्वकर्ताका रुपमा ओलीले मात्र गाली खाने र निर्णायक हुन नसक्ने काँग्रेसका कारण यो अवस्थासिर्जना भएको हो । जहाँआशागरिएकीआरजु राणा नै कामलाग्ने अस्त्रनबन्दाएमालेले काँग्रेस कहिलेसम्म बोक्छ ?प्रश्नउब्जिएको छ ।

आफ्नो काँधमाबन्दुक राखेर काँग्रेसले गोलीचलाउनथालेपछि एमाले नेताहरुझस्किएका छन् । कतिपयविषयलाई फरकविचारकाबीचपनिबाध्यताको गठबन्धन भन्दै स्वीकार्न सकिने भएपनिअवस्थात्यो भन्दामाथिपुगेपछि उनीहरुको मनमाचिसो पसेको हो । अर्थात काँग्रेससँगको सहकार्य बाघको सवारी जस्तो बन्दात्यसमाप्रधानमन्त्रीकहिलेसम्म रमाइलो मान्छन् भन्नेसम्मको प्रश्नयसले उब्जाएको छ । हुनपनिओली यो पटक भारतसँग सम्बन्ध सुधारको पक्षमाथिए । त्यसकालागि डा.आरजु राणा देउवालाई परराष्ट्रमन्त्री बनाएकाउनीआरजुलाई भारतले दिएको सम्मानले अलि बढी नै आशावादी देखिए । तर उनको कुटनीति आफ्नो सम्बन्ध सुधारभन्दामाथि नउठ्दा दुवै छिमेकीले नस्वीरेकै हालतओलीले व्यहोर्न बाध्य बने । अहिले आफैंले कुटनीतिक च्यानलप्रयोग गरेर उनीचीनहानिनलाग्दाआरजुको आवश्यकता शेरबहादुर देउवाफकाउनभन्दामाथि छैन । जुन भ्रमणमा उनले बीआरआईको विषय उठाउने चर्चा रहँदाकाँग्रेसले ऋण नलिने भनेर यसअघि नै निष्कर्ष सुनाउँदै आएको छ । यसले काँग्रेस एमाले मिलनमानयाँ घटनाक्रम विकास गर्ने सम्भावना नै उच्च छ । यतिमात्रनभएर ठूलो दल बन्ने एमालेको दाउमासमेत अहिले काँग्रेस नै भारी परिरहेको छ । अध्यादेशल्याएर अशोक राईको जसपा नेपाल र एकीकृत समाजवादीको केही सांसद भित्र्याउनेदाउमाओलीथिए । तर त्यसलाई देखाएर रवि लामिछाने पक्राउ गराएपनिअध्यादेशको विषयबाट काँग्रेस पछि हटेको छ । यसले ओलीविरुद्ध सडकमा नारा लाग्दाफाइदाभने काँग्रेसले उठाएको पक्का छ । फलतःकाँग्रेस निर्णायकभन्दा दोहोरो रणनीतिमा रहेको बुझाईमाएमाले पुग्दाओली–देउवाबीच दूरी देखिने गरि बढेको हो ।

हुन त देउवा राजनीतिक वृत्तमाधोका नदिने पात्रका रुपमा चिनिन्छन् । फलतःवर्तमान गठबन्धन टिक्ने यही नै प्रमुख कारण मानिँदाओलीलेपनि समयमै सत्ता हस्तान्तरण गर्ने बताउँदै आएका छन् । तर नयाँविकल्पतयार भएकिनत्यतिन्जेलपर्खिने भन्नेमादुवै पार्टीका नेताहरु देखिँदाजग्गाउपहार लिएकोदेखि एमालेका धेरै कदममाथिकाँग्रेस नेताहरुले टिप्पणी गर्दै आएका छन् । जसमामीनबहादुर गुरुङले जग्गादानदिएको विषयमा त महामन्त्रीविश्वप्रकाशशर्माले नै प्रश्न उठाँउदा कर्मचारी सरुवामासमेत गृहमन्त्रीले अस्वभाविक चलखेल गरेको एमाले नेताहरुको बुझाइ छ । त्यस्तै राजदूतनियूक्तिमा उठेको प्रश्नहोस् या यसअघि सरकारले खोलेका फायलहरु रोकिएको विषयहोस्, त्यसमा केवलफाइदाकाँग्रेसले मात्र लुटेको छ । तर रवि लामिछाने तथाकुलमान घिसिङ जस्ताको सोझो प्रहारमाओलीपर्दा यी सबै विषयमाकाँग्रेस दह्रो किसिमले सरकारको प्रतिरक्षामाउत्रिन सकेको छैन । त्यस्तै मन्त्रीहरुकाकाममासमेत ओली सन्तुष्ट रहननसक्दागगनथापा जस्तालाई मन्त्रिमण्डलमा समेट्न नसक्नुको पीडासमेत भोग्दैछन् । यसले न त सत्ता न त मिसन ८४ भन्ने स्थितिमा एमाले पुग्दा रविसँगको कटुताले आगामीदिनमानयाँ सत्ता समीकरणको विकल्पतयार पार्नसमेत घातक बन्दै छ ।यसले काँग्रेसको ढडियामा ओलीपरेका त होइनन् भन्ने आंशकाजन्मिदाचुनावी सरकारको नेतृत्वकाँग्रेसमापुग्ने अवस्थात यसैपनि घातक नै रहँदै आएको छ ।

अहिले काँग्रेसले सहयोग नगरेपनि देउवाको पालोमाभने धेरै थोक मिलिसक्ने अवस्था छ । संविधान सँशोधनकोविषयदवावकै कारण भएपनि शुरु हुने अवस्था रहे त्यसको फल देउवाले नै खाने छन् । अर्थात जग बसाउने र संरचनानिर्माण शुरु गर्ने कामओलीले गालीखाईखाई गरिदिँदात्यसमा राजभने देउवाको रहने छ । यसले समेत अहिले काँग्रेस मुखर हुननसके प्रधानमन्त्रीभएकै भरमाएमालेले किनक्षतिव्यहोर्ने भन्ने बहस एमालेमा देखिन्छ । त्यस्तै कामगर्न नसक्दादुईतिहाइको सरकार ओलीले चलाउननसक्ने भाष्य नै निर्माण हुँदामुख्यप्रतिस्पर्धी आफैसँग भएको फाइदाउनले उठाउन सक्ने अवस्था छैन । फलतःओलीको चीन भ्रमण र एमालेसँगै मिल्नुपर्ने माओवादी केन्द्रकाअधिकांश नेताको बहसले नयाँ राजनीतिक घटनाक्रमको सम्भावनासमेत उत्तिकै बलियो बनेको छ ।