Breaking

अमेरिका निर्वाचनः ३० राज्यको नतिजा आउँदा को अगाडि ?


अमेरिका राष्ट्रपति चुनावमा मतगणनाको नतिजा आइरहेको छ । ५० राज्यमध्ये ३० राज्यको नतिजा आइसकेको छ ।

नतिजा आएको मध्ये २० मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १० मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले जित हासिल गरेकी छन् । अहिलेसम्मको मतगणनामा यसअघि अनुमान गरिएको भन्दा केही फरक परिणाम नआएको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् ।

डेमोक्रेटिक पार्टीको राम्रो मानिएको ब्लू स्टेटमा ह्यारिसले जित हासिल गरेकी छन् । रिपब्लिकनको राम्रो मानिएको रेड स्टेटमा ट्रम्पले जितिरहेका छन् ।

निर्णायक मानिएको ७ स्वीङ स्टेटको नतिजा नआएसम्म नतिजा कसको पक्षमा जान्छ भन्न नसकिने अमेरिकी सञ्चार माध्यमहरूले खबर लेखेका छन् । ती स्टेटमा दुई उम्मेदवारबीच मतान्तर निकै कम रहेको छ । यहाँ नतिजा जहाँ पनि जान सक्छन् । अमेरिकाको ५० राज्यमा ५३८ इलेक्टोरेल मत अर्थात् सिटका लागि चुनाव भएको हो । बहुमतका लागि २७० सिट जित्नुपर्ने हुन्छ ।