राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान जारी राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । लामिछानेलाई आज तेस्रो पटक म्याद थप गरिएको हो । म्याद थपसँगै लामिछाने अझै चार दिन हिरासतमा रहने छन् । लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै गर्दा आज रास्वपाका नेता तथा कार्यकर्ताले पोखरामा विरोध प्रदर्शन गरे । प्रर्दशनकारीले निषेधित क्षेत्र भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्जका साथै अश्रुग्याससमेत प्रहार ग¥यो ।
नेपालीमा एउटा भनाइ छ ‘बरु दुस्मननै आई लागोस् तर जीवनमा प्रहरी र अदालतको चक्कर काट्न नपरोस्’ हो यस्तै नियति भोगिरहेका छन् रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले । उनीविगत १८ दिनदेखि सरकारी अदालत र प्रहरी हिरासतको चक्कर काटिरहेका छन् । सहकारीको रकम अपचलन र संगठित अपराधको मुद्दामा अनुसन्धान गरिरहेको कास्की प्रहरीले उनीमाथिको अनुसन्धान नसकिएको भन्दै पटक पटक समय माग्दै, थप्दै गरेको छ । मंगलबार लामिछानेलाई थुनामा राख्न तेस्रो पटक म्याद थप भएको हो । उनीमाथि अनुसन्धान गर्नप्रहरीले अझै २५ दिन समय माग गरे पनि अदालतले १० दिन थप गरेको हो ।यसअघि थपिएको म्याद कात्तिक १४ गते सकिएको र सोही दिनदेखि गणना हुने गरी म्याद थप भएकाले लामिछानेकार्तिक २४ गतेसम्म प्रहरी हिरासतमै रहने छन् ।यसअघि कार्तिक ४ गते ६ दिन, त्यसपछि कार्तिक ८ गते ७ दिन र अहिले १० दिन म्याद थपिएको हो ।
रवि भनेको रास्वपा, रास्वपा भनेकै रवि भन्ने भाष्य निर्माण गरेको रास्वपामा अहिले तिनै रवि विगत १८ दिनदेखि प्रहरी हिरासतमा थुनिए पछि पार्टीका नेता कार्यकर्ताहरुमा छटपटी देखिन्छ । मंगलवार लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइँदै गर्दा रास्वपाका नेता कार्यकताले पोखरामा विरोध प्रदर्शन गरे । उनीहरुको अनुहारमा आवेग र आक्रोशको भाव प्रष्ट देख्न सकिन्थ्यो । रास्वपाका नेता कार्यकर्ताले रत्नचोकहुँदै वाई चोकसम्मप्रशासनले तोकेको निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप अवस्था सिर्जना भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही शेलअश्रुग्यास र लाठी चार्जनै गर्नु परेको थियो । यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लियो ।
पार्टी कार्यालय वनस्थलीबाट कार्तिक दुई गते पक्राउ परेका लामिछानेको रिहाइको माग गर्दै रास्वपा नेता तथा कार्यकर्ताका साथै लामिछानेका समर्थकहरु निरन्तर सडक संघर्षमा छन् । तिहार अघिसम्म अनुशासित र शान्तिपूर्ण आन्दोलन गरिरहेको रास्वपा पछिल्लो समय आक्रामक मुडमा देखिन्छ । सरकारले रास्वपाको आन्दोलनलाई गम्भीर रुपमानलिएपछि उनीहरु थप आक्रामक बनेका छन् । साथै सभापति लामिछानेमाथि थप कडाइका साथ प्रहरीले अनुसन्धान थाल्दा रास्वपाजनमा असन्तुष्टिको पहाड चुलिएको छ । मंगलबार लामिछानेको रिहाइको माग गर्दै जिल्ला अदालत नजिकै वाई चोकमा रास्वपाका समर्थकहरुले विरोध प्रर्दशन गरेका थिए । विरोध प्रदर्शनमा रास्वपाका नेता कार्यकताले सरकारका साथै प्रहरी प्रशासनमाथिसमेत नाराबाजी र आक्रोश पोखे ।
रास्वपाका नेता कार्यकर्ताले सरकारले कानुनभन्दा माथि रहेर सभापति लामिछाने प्रति अन्याय र अत्याचार गरेको आरोप लगाएका छन् । साथै उनीहरुले सरकारले प्रहरी प्रशासन प्रयोग गरेर आफूहरुको आन्दोलनमाथि दमन गरेको भन्दै विरोध जनाएका छन् ।
रवि लामिछाने रिहाइको माग गर्दै मंगलबार पोखरामा भएको प्रदर्शनमा सहकारी पीडितहरु पनि सहभागी भएका थिए । रविको पक्षमाभन्दा पनि सहकारी पीडितको न्यायकालागि सडकमा आएको उनीहरुले बताएका छन् । रवि दोषी भए कानुनले कारबाही गर्ला तर आफूहरुको पैसा कस्ले फिर्ता गर्छ भन्दै पीडितहरुले सरकारमाथि प्रश्न गरेका छन् ।
लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता कार्यकर्ताका साथै शुभेक्षुकहरु निरन्तर सडक संघर्षमा छन् ।पूर्वगृहमन्त्रीलामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् ।सभापति पक्राउ परेदेखि नै राजनीतिक पूर्वाग्रह राखिएको भन्दै रास्वपा नेता, कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन् । यस्तै, बुटवलको सुप्रिम सहकारीको रकम दुरुपयोग सम्बन्धमा समेत पक्राउ गरेर अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिइसकेको छ । पोखराको सूर्यदर्शन सहकारीको अनुसन्धान सकिए पछि लामिछानेलाईरुपन्देही लगिने प्रहरी स्रोतले बताएको छ ।
प्रतिक्रिया